२०७७ कार्तिक १०, सोमबार

प्रेस संगठनको सपथ ग्रहणः सत्यतथ्यको आधारमा कलम चलाउन मन्त्री ज्वालाको आग्रह


सुर्खेत।
प्रेस संगठन नेपाल सुर्खेत जिल्लाको सपथ ग्रहण सम्पन्न भएको छ । साविक प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको एकतापछि बनेको प्रेस संगठन नेपाल, सुर्खेतको शपथ ग्रहण तथा प्रथम जिल्ला भेला बिहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको हो । जिल्ला कमिटिलाई प्रेस संगठन कर्णाली प्रदेश संयोजक बिरबहादुर गिरीले सपथ खुवाएका हुन ।
कार्यक्रम्मा बोल्दै नेकपा कर्णालीका सहइन्चार्ज एवम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पत्रकारहरूलाई सत्यतथ्यको आधारमा कलम चलाउनु पर्नेमा जोड दिए । मन्त्री ज्वालाले देशको विकास र समृद्धिका लागि संचार जगतको महत्वपुर्ण भुमिका हुने भन्दै सरकारले गरेका कामहरुको प्रचार प्रशार र रचनात्मक सुझाव समेत दिन आग्रह गरे ।
सामाजिक उत्तरदायीत्व सहितको मर्यादित, जनपक्षिय र जिम्मेवार पत्रकारीता गर्ने प्रेस संगठनको दायीत्व रहेको भन्दै उनले पेशागत र संठगनात्मक जिम्मेवारी पुरा गर्दै अगाडी बढनु पर्नेमा जोड दिए ।
त्यस्तै नेकपा सुर्खेतका सचिव कृष्ण जिसी (जितेन्द्र)ले प्रतिसोधमा नभई उत्प्रेरण प्रदान गर्ने खाल्का समाचार सम्प्रेषण गर्न आग्रह गरे । सरकारले जनप्रतिनिधीलाई बिजनेश दिन नसक्दा जनप्रतिनिधीहरुले सरकारसंग भाग खोजेको उनको भनाई थियो ।
कुनै जनप्रतिनिधीले बजेटका लिष्ट लिएर आयोजनाहरुको उदघाटन गर्ने, फेसबुकमा हाल्ने र उदघाटन स्थलबाटै सरकारको बिरोध गर्ने गरेको भन्दै पार्टी भित्रको अनुशासन कायम राख्न समेत जोड दिए ।
त्यस्तै प्रेस संगठन कर्णाली प्रदेश इन्चार्ज धुर्व बुढाथोकी र प्रदेश संयोजक गिरीले पत्रकारहरुमा बढिनै आलोचना गर्ने संस्कारको बिकास भएको भन्दै आलोचना मात्र नभई सरकार र पार्टिका राम्रा कामको प्रचार र रचनात्मक सुझाब दिनुपर्नेमा जोड दिए । पत्रकारहरुलाई सत्य तथ्यमा आधारीत रहेर समाचार सम्प्रेशण गर्न समेत उनिहरुको आग्रह थियो ।