२०७७ कार्तिक ८, शनिबार

विकासमा विवाद होइन सहयोग गर्न पश्चिम सुर्खेतवासीलाई राज्यमन्त्री रावतको आग्रह, पञ्चपुरी नगरपालिकामा देखिएको विवाद समाधान

सुर्खेत, १६ फागुन ।

मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने सुर्खेतको भएको छ ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवम सुर्खेत क्षेत्र नम्बर २ का सांसद नवराज रावतको पहलमा विवाद समाधान भएको हो । राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा विवाद रहदै आएको थियो । राजमार्ग सालकोट हुँदै लैजाने र हाल खम्बागाडे, बाबियाचौर हुँदै बिद्यापुर जोड्ने सडकको स्तरोन्नती गरि त्यही मापदण्डको सडक बन्ने भएपछि विवाद समाधान भएको हो ।
राज्यमन्त्री रावतको पहलमा खम्बागाडे बाबियाचौर हुँदै विद्यापुर जोड्ने सकडकलाई ५० मिटर चौडाइको बनाउनका लागि डिपियारको काम शुक्रबारबाटै शुरु गरिएको छ । उक्त सडक करिब २० किलोमिटर लम्बाई हुने छ, भने ५० मिटर चौडाको बन्ने छ । राज्यमन्त्री रावत आफै शुक्रबार खम्बागाडे पुगी डिपिआर कार्यको उद्घाटन गरेका छन् । राज्यमन्त्री रावतले आफुले गरेका प्रतिवद्धता पुरा गर्दै आएको भन्दै विकासका काममा विवाद नभई सहयोग गर्नुपर्ने बताए ।
‘निर्वाचनका बेला पश्चिमको सडकलाई केन्द्रीय सडकमा जोड्ने छु भन्ने प्रतिबद्धता गरेको थिएँ,’ डिपिआरको सुरुवात कार्यक्रममा जम्मा भएका स्थानीयसंग राज्यमन्त्री रावतले भने,‘मैले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्दै गएको छु तपाइहरुले विकासमा विवाद होइन सहयोगी बन्नु प¥यो ।’ ५० मिटर चौडा मापदण्डको लागि डिपिआर र आइइइ तत्कालै सुरु भएको र आउँदो आर्थिक बर्षमै बजेटको पनि व्यवस्था गर्ने राज्यमन्त्री रावतले प्रतिबद्धता जनाए । उनले साना तिना समस्या आएमा समाधान गर्ने जिम्मेवारी स्थानीय तह र जनप्रतिनिधिको भएको भन्दै डिपिआर सम्पन्न सहयोग गर्न आग्रह गरे । यसैक्रममा राज्यमन्त्री रावतले विकासका लागि आएको बजेटको सदुपयोग भएनभएको हर्न बुद्धिजीवी तथा स्थानीय सबै जनताहरुलाई अनुरोध गरे ।
यसैक्रममा राज्यमन्त्री रावतले सालकोटमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा एकहप्ताभित्रैमा चिकित्सक पठाउने प्रतिबद्धता पनि जनाएका छन् । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सबै नेपालीलाई सर्वसुलभ स्वास्थ्य दिनका लागि लागि परेको उनले बताए ।
संघर्ष समितिका अध्यक्ष मयाराम कंडेलले आफूहरुका माग पुरा गरेकोमा राज्यमन्त्री रावतलाई धन्यवाद दिए ।