२०७७ कार्तिक ५, बुधबार

सौन्दर्यकर्मी वीरेन्द्रनगरमा खत्री

सुर्खेत, २५ फागुन ।
राष्ट्रीय सौन्दर्यकर्मी युनियन नेपालको दोस्रो भेलाले यशोदा खत्रीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटि गठन गरेको छ । वीरेन्द्रनगरमा भएको भेलाले वीरेन्द्रनगरमा व्युटिसीयन गरिरहेकाहरुको संस्था बनाएको हो । युनियनको उपाध्यक्षमा हिमा योगि,सचिबमा पिंकी थापा,सहसचिबमा भावना चपाई,कोषाध्यक्षमा जमुना विक र सदस्यहरुमा रेणु वली,संगिता सुनार,नेहा विसी,सुमित्रा बस्याल,निर्मला अधिकारी र जमुना गुरुग चयन भएका छन् । कार्यक्रममा राष्टीय सोन्दर्यकर्मी युनियनकी केन्द्रीय सदस्य राधा श्रेष्ठले सबै सौन्दर्यकर्मीहरु एक भएर आफ्नो अधिकारका लागि लाग्नुपर्ने बताए ।
कार्यक्रममा नया कार्यसमिती सदस्यका सदस्यहरुलाई युनियनकर्मीका प्रदेश अध्यक्ष प्रमी शाक्य उपाध्यक्ष शोभा गुरुग चन्द निर्बतमान अध्यक्ष मौसमी श्रेष्ठ र नेपाल टेड युनियन महासंघको प्रदेश सचिब श्रीपाल सारु मगरले नया कार्यसमितीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।