२०७७ कार्तिक ११, मंगलवार

लुट मच्चाउँदै कर्णालीमा वल्र्डलिङ्क

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, वीरेन्द्रनगर, सुर्खेतमा इन्टरनेट रकममा दुरुपयोग भएको पाइएको छ ।

२० एमबीपिएस क्षमतामा वल्र्ड लिङ्कले उपलब्ध गराउँदै आएको हाेम प्लान प्रयोग गरे पुग्ने कार्यालयहरुमा पनि डेडिकेटेड लाईनको नाउँमा लाखौं रुपैयाँ भुक्तानी दिने गरेको पाइएको हो   ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको शिक्षा केन्द्रीय क्याम्पस, इन्जिनियरिङ्ग केन्द्रीय क्याम्पस, व्यवस्थापन केन्द्रीय क्याम्पस, मानविकी केन्द्रीय क्याम्पस र विज्ञान केन्द्रीय क्याम्पसमा प्रति वर्ष ५४ हजार ९ सय १८ रुपैयाँका दरले डेडिकेटेड १० एमबिपिएसको गतिमा इन्टरनेट प्रयोग भइरहेको खुलेको हो ।

यी पाँच वटा केन्द्रीय क्याम्पसको कार्यालयमा मात्रै वर्षेनी २ लाख ७४ हजार ५९० रुपैयाँ खर्च गर्ने गरेका छन् । यसबाहेक फाइबर डेडिकेटेड इन्टरनेटका नाममा इन्जिनियरिङ्ग र विज्ञान क्याम्पसले १० एमबिपिएस गति रहेको इन्टरनेट भ्याटसहित २ लाख २९ हजार ८ सय ४२ का दरले चार लाख ५९ हजार ६ सय ८४ रुपैयाँ थप तिर्ने गरी सम्झौता भएको पाइएक छ ।

यी दुवै खर्च जोड्ने हो भने आर्थिक वर्ष २०७६ ÷०७७ मा विश्वविद्यालयले सात लाख ३४ हजार २ सय ७४ रुपैयाँ तिर्ने गरी वल्र्ड लिङ्कसँग सम्झौता भएको हो । आर्थिक वर्ष २०७५÷०७६ सालमा ७५ हजारका दरले यी कार्यालयमा इन्टरनेट जडान भएको विश्वविद्यालयको लेखा शाखाले जनाएको छ ।

लेखा स्रोतका अनुसार गत वर्ष तीन लाख पचास हजार पाँच केन्द्रीय क्याम्पसको कार्यालयका लागि इन्टरनेटको भुक्तानी दिइएको थियो । त्यसमा फाइबर डेडिकेटेड इन्टरनेटका नाममा इन्जिनियरिङ्ग र विज्ञान क्याम्पसले १० एमबिपिएस गति रहेको इन्टरनेट भ्याटसहित २ लाख २९ हजार ८ सय ४२ का दरले चार लाख ५९ हजार ६ सय ८४ रुपैयाँ थप भुक्तानी भएको लेखा कार्यालय स्रोतले जानकारी दियो ।

यसरी हेर्दा उक्त आर्थिक वर्षमा ८ लाख ९ हजार ६ सय ६८ रुपैयाँ वल्र्ड लिङ्कलाई विश्वविद्यालयले भुक्तानी दिएको छ । यो बाहेक उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय, डीनहरुका कार्यालयको इन्टरनेटको खर्च हिसाब गर्दा कम्तिमा दश लाख रुपैयाँको इन्टरनेट विश्वविद्यालयले प्रयोग गर्दै आइरहेको हो । ‘‘मानविकी तथा व्यवस्थापन संकायमा अहिलेसम्म इन्टरनेट जडान भएको छैन ।’’ मानविकी संकायमा अध्ययनरत विद्यार्थी धर्मराज शाहीले भने, ‘‘तर विश्वविद्यालयले लाखौ ं रुपैया ँ इन्टरनेटमा खर्च गर्दै आइरहेको छ ।’’ विश्व विद्यालयक ा े क ेन्द्रीय कार्यालयका लागि अनावश्यकरुपमा महङ्गो इन्टरनेट लिएर रकमको दुरुपयोग गरिएको हुन सक्ने सोही संकायमा अध्ययनरत अर्का एक विद्यार्थीको अनुमान छ । ‘‘मेरो घरमा वल्र्ड लिङ्कको २० एमबिपिएस गतिको इन्टरनेट १० हजार रुपैयाँमा एक वर्ष चल्ने गरेको छ । मेरो घरको राउटर र यहाँको राउटर पनि एकै खालको छ ।

कसरी महङ्गो भयो मलाई थाहा छैन । डेडिकेटेड लाईन भने तापनि त्यसको काम नेट चलाउनु नै भएको मैले बुझेको छु । यति महङ्गोमा नेट खरिद गरेर विद्यार्थीको ढाड सेक्ने काम विश्वविद्यालयले गरेको मेरो निष्कर्ष हो ।’’ उनले भने, ‘‘कार्यालयमा उच्च सुरक्षा सतर्कता अपनाउनुपर्ने कुनै त्यस्तो कारण भएको मलाई थाहा छैन । सकेसम्म सार्वजनिक सम्पत्तिको जगेर्ना गर्नुको साटो यहाँ मनलाग्दी भइरहेको छ । कसले हेर्ने खोई ?’’ उनले नयाँ उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंह आइसकेपछि यस्ता विकृति अन्त्य हुन े आशा गर े   ।

सुर्ख ेतमा वल्र्डलिङ्कले भने अनुसारको सुविधा कसैलाई पनि नदिने गरेको उनको आरोप छ । ‘‘हामीले घरमा प्रयोग गर्ने नेटमा पनि भने बमोजिमको गति कहिल्यै पाइदैन रातीबाहेक ।’’ उनले भने, ‘‘वल्र्डलिङ्कको यस्तो ठगीलाई कसले नियन्त्रण गर्ला ?’’ इन्टरनेटका नाउँमा वल्र्डलिङ्कले लुट मच्चाएको उनको भनाइ छ । वल्र्ड लिङ्कका डेडिकेटेड लाइन विस्तार गर्ने एक कर्मचारीका अनुसार विश्वको जुनसुकै स्थानबाट पनि चलाउन मिल्न े आइपी ठ ेगाना सहितको सुविधा भएको इन्टरनेट लाइन डेडिकेटेड हा े ।

अहिले वल्र्डलिङ्कले भ्याटविना एक लाख ८० हजारमा दश एमबिपिएससम्मको तीब्र गतिमा सञ्चालन हुने गरी विश्वविद्यालयको विज्ञान संकाय र इन्जिनियरिङ्ग संकायसँग सम्झौता ग िरसक ेक ा े छ   । जसम ा १० एमबिपिएस अनिवार्य इन्टरनेट हुन्छ भने युट्युब चलाउन र अन्य सञ्जाल प्रयोग गर्न थप २० एमबिपिएस इन्टरनेट हुन्छ । यस्तो इन्टरनेटको दर प्रति एमबिपिएस तीन हजार पर्ने गरेको छ । यता, मानविकी संकायका क्याम्पस प्रमुख तेजविक्रम बस्नेतले संकायमा हालसम्म इन्टरनेट नजोडिएको बताए । ‘‘हाम्रो नयाँ भवन बन्दैछ । हालका लागि इन्टरनेट जोड्न भने पनि वल्र्डलिङ्कले जोडेको छैन ।’’ उनले भने, ‘‘महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता छ । यदि वार्षिकरुपमा सस्तो दरमा कुनै इन्टरनेट सेवादाताले सुविधा दिन सक्छ भने विश्वविद्यालयलाई फ्रि वाइफाइ जोन बनाउने गरी अघि बढ्न सकिने मेरो धारणा हो ।’’ इन्जिनियरिङ्ग संकायका क्याम्पस प्रमुख सोनालाल यादवले कम्प्यूटर इन्जिनियरिङ्ग अध्यापन गराइरहेको र अधिक ा ंश सूचन ा इन्ट रन ेटकै माध्यमबाट लिनुपर्ने भएका कारण डेडिकेटेड लाइन लिएको बताए ।

यता, वल्र्डलिङ्कले भनेजस्तो सेवा नदिएका े शिक्षा स ंकायक ा एक कर्मचारीको भनाइ छ । ‘‘हामीलाई २० एमबिपिएस गति भन्दै डेडिकेटेड लाइन दिएको हो तर स्पिड भने असाध्यै कम छ । सेवा प्रदायकले ठगिरहेको मैले महसुस गरेको छु ।’’ उनले भने, ‘‘कहिलेकाहीँ त इन्टरनेट नै चल्दैन । कुनै ५ मिनेटको भिडियो हेर्नुपरेको खण्डमा आधा घण्टाभन्दा बढी समय लिने गरेको छ । वल्र्डलिङ्कको एकाधिकार बढ्दै गएको र मनपरीतन्त्र बढ्दै गइरहेको मेरो बुझाई हो ।’’ यसबारेमा प्रतिक्रिया लिन खोज्दा वल्र्ड लिङ्क सुर्खेतका नवराज पंगालीको फोन उठेन ।