२०७७ कार्तिक ६, बिहीबार

कोरोना विरुद्ध वीरेन्द्रनगरका अधिकांश नागरिक सेल्फ क्वारेन्टाइनमा, केहि व्यक्ति सडकमा (हेर्नुहोस फोटो फिचर)

सुर्खेत, ११ चैत ।
नेपाल सरकारले आज मंगलबार विहान ६ बजे देखि लकडाउन गरेपछि वीरेन्द्रनगरमा त्यसको प्रभाव परेको छ ।

यद्यपी केहि मोटरसाइकल गुडिरहेका छन भने नागरिकहरु सडकमा विना मास्क नै ओहोरदोहोर गरिरहेका छन् । प्रशासनले भने वीरेन्द्रनगरमा प्रहरी खटाएपनि पर्याप्त मात्रामा खटाउन नसक्दा बजार क्षेत्रका बीचमा नागरिकहरु विना अवरोध आवतजावत गरिरहेका छन् । कोरोनाको संक्रमणबाट बचाउन सरकारले लकडाउन घोषणा गरेपनि केहि नागरिकले भने यसको अवहेलना गर्दा कोरोना संक्रमण फैलिने हो की भन्ने चिन्तामा सेल्फ क्वारेन्टाईनमा बसेका नागरिकमा छाएको देखिन्छ ।