२०७७ कार्तिक ६, बिहीबार

‘लकडाउन’ उल्लंघन नगर्नुस्, प्रहरीले ‘मुर्गा’ बनाउला !

लकडाउनको उल्लंघन गर्दै साइकल चलाएको भन्दै प्रहरीले १२ जनालाई ‘मुर्गा’ बनाएर सजाय दिएको छ ।

भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई ‘मुर्गा’ बनाएका हुन् ।

प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘मुर्गा’ बनाएर बहादुरी देखाएको स्थानीय व्यवसायी किस्मत विकले बताए ।

‘यही सडक भएर थुप्रै मोटरसाइकल र गाडी गुडे पनि प्रहरीले देखेन’ उनले अनलाइनखबरसँग भने, साइकलयात्रीहरुलाई भने अमानवीय व्यवहार गरियो ।’

जिल्ला प्रहरी प्रमुख एसपी हेमकुमार थापाले आफ्ना प्रहरीले यस्तो काम नगरेको दाबी गरे । अनलाइनखबर