२०७७ कार्तिक ९, आईतवार

मुगु जाने पाँच सयभन्दा बढी यात्रु नेपालगञ्जमा अलपत्र

नन्दबहादुर रोकाया

 

मुगु । कोरान भाइरसको त्रासले काठमाडौंलगायत बिभिन्न शहरहरूबाट आ–आफ्नो घर आउँन लागेका मुगुका विद्यार्थी तथा अन्य सर्वसाधरणहरू हवाई तथा सडक यातायात बन्द भएपछि नेपालगञ्जको राँझामा अलपत्र परेका छन् । कोरोना भाइरस त्रासको कारण काठमाडौंलगायत देशका अन्य शहरबाट मुगु आउन लागेका पाँच सयभन्दा बढी विद्यार्थी तथा अन्य सर्वसाधरणहरू नेपालगञ्ज राझाँ विमानस्थलमा अलपत्र परेका हुन् ।

कोराना भाइरसको संक्रमण नफैलियोस् भन्ने उदेश्यले सरकारले मंगलबार बिहानदेखि एक साताको लागि गरेको लकडाउनका कारण आफ्नो घर फर्किन लागेका विद्यार्थी तथा अन्य सर्वसाधरणहरू हवाई तथा सडक यातायात बन्द भएपछि नेपालगञ्ज राँझा विमानस्थलमा अलपत्र परी होटलका एकै कोठामा ८ देखि १० जनासम्म कोच्चिएर बस्नुपरेको गुनासो गरेका छन् । नेपालगञ्ज राँझामा रहेको लालीगुराँस होटल सञ्चालका नन्दकिशोर भामका अनुसार राँझा विमानस्थलका होटलमा अहिले मुगु फर्किने मात्र ५ सयभन्दा बढी यात्रुहरू छन् ।

केही यात्रु आईतबार र सोमबार सडक यातायातमार्फत गएका भए पनि ५ सयभन्दा बढी राझाँ विमानस्थलमा अलपत्र परेका छन् । एकै कोठामा ८ जनासम्म बस्नुपरेको उनीहरूले बताए । लकडाउनका सडक मार्गमा आउँदै गरेका यात्रु पनि, दैलेख, कालिकोट, जुम्लाको बिच भागमा बेर्खर्ची अवस्थामा अलपत्र परेका छन् । हवाईजहाजबाट मंगलबार घर फर्किनका लागि हातमा टिकट लिएका छाँयानाथ रारा नगरपालिका—४ का राजकुमार सेजुवालसहित उनका अरु साथी नेपालगञ्जमा अलपत्र अवस्थामा परेको बताए ।

उनले मंगलबार बिहान मात्र एक साताका लागि सबै उडान बन्द भएको थाहापाएपछि अहिले बेखर्ची भएर होटलमा बस्नुपरेको बताए । काठमाडौंमा अध्यन गर्न गएका मुगमु कार्मारोङ गाँउपालिकाका ४० बालबालिका एक होटलमा र ३६ जना अर्को होटलमा बेखर्ची भएर राख्नु परेको र ती बालबालिकालाई घर फर्काउन जिम्मा लिएका मुगुम कार्मारोङ गाँउपालिका—६ सोनामतोर्चे लामा बताए । सडक यातायातमार्फत मुगु आउने यात्रुहरू बिचबाटोमा अलपत्र परेकाहरूलाई उद्धार गरी गन्तब्य स्थानतर्फ चेक जाँचका प्रक्रिया पूरा गरी पठाइदिन समन्वय भइराखेको मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णाकुमार निरौलाले बताए ।

लग डाउनको प्रभाव परेन

कोराना भाइरस (कोभिड १९) को संक्रमण नफैलियोस् भनेर नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखी देशभर लगडाउनको घोषण लागू गरिएको भए पनि मुुगुमा लगडाउनको प्रभाव देखिएको छैन । आईतबार बसेको मन्त्रीपरिषद्को निर्णयले नेपाललाई एक सातासम्म लकडाउन गरी कोरानको संक्रमणबाट जोगिन सर्वसाधरणलाई होम क्वारेन्टाइनमै बस्न सम्पुर्णलाई आग्रह गर्दै मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी आगामी १८ गतेसम्म देशभर लकडाउन गरेको भए पनि मुगुमा स्थानीयहरू कोरानाभन्दा रहरले बजारमा हिँडेको देखिन्थे ।

कोहि रहरजस्तो मान्ने गरेको भए पनि ग्रामिणका स्थानीय कोरानाका त्रासले दैनिक उपभोग्य सामग्री जोहो गर्न आएको बताए । कोराना भाइरसको त्रासले आपूmलाई चाहिने दैनिक उपभोग्य सामग्री जोहो गर्न भन्दै ग्रामिण भेगबाट सर्बसाधरण गमगढी बजार पुग्ने गरेका छायाँनाथ नगरपालीकाका नविन भण्डारीले बताए ।

जिल्लामा भित्रिने सवारीसाधनलाई कडाई

जिल्लामा भित्रिने नाकाहरूबाट आउँने सवारीसाधनलाई कडाई गरिएको छ । लकडाउनको पहिलो दिन सर्वसाधरण बजारमा देखिएका भए पनि दोस्रो दिनबाट कडाई गरिने र अहिले बजार पुर्णरूपले बन्द गरिएको छ । सर्वसाधरणले सूचना ढिला पाएकाले पनि उनिहरू बजारमा आएका हुन् । दोस्रो दिनबाट पुर्णरूपले कडाई गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक भुवनेश्वरप्रसाद शाहले बताए ।

स्थानिय प्रहरी प्रशासनले मंगलबार बिहान ६ बजेदेखि बजार बन्द गर्न र घर बाहिर ननिक्सन सूचना जारी गरेअनुसार बजार बन्द भए पनि सर्वसाधरणहरू दैनिक उपभोग्य सामग्री जोहो गर्न आएकाले लकडाउनको पहिलो दिन खासै प्रभाव नपरेको हो । अन्य जिल्लाबाट जिल्लाभित्र प्रवेश गर्ने सीमा तथा अन्य सार्वजनीक स्थानमा जिल्लाका चारै स्थानिय तहमा लकडाउन कार्यन्वयन गर्न प्रहरीले सार्वजीनक सूचना जारी गरेको छ । बुधबारबाट कडाईका साथ कार्यन्वयन गर्ने प्रनाउ शाहाले बताए ।

रेडक्रस र प्रहरीको सचेतना माईकिङ

कोराना भाइरसबाट बच्न रेडकक्रस मुगु र जिल्ला प्रहरी कार्यालय मुगुले माईकिङमार्फत सचेतना फैलाएका छन् । मंगलबार बिहानदेखि कोराना भाइरसका बारेमा जानकारीसहित बच्ने उपाय र अपनाउन पर्ने उपायाका बारेमा जानकारीसहित सदरमुुकाम गमगढीलगायत ग्रामीण भेगमा सचेतना दिलाउन माईकिङ गरीएको नेपाल रेडक्रस मुगुका सभापति ज बहादुर मल्लले बताए ।

रेडक्रसले गाउँ–गाउँमा माइकिङ गरेर कोरोनाविरुद्ध जागरण अभियान चलाएको छ भने प्रहरीले पनि सचेतना जोगाउँदै जरुरी कामबाहेक अन्य समयमा बाहिर ननिसक्न, पसलमा सामग्री किन्दा अति आवश्यकबाहेक अन्य समयमा पसल नखोल्न भन्दै सदरमुकाम गमगढीमा जनचेतना फैलाएका छन् ।