२०७७ कार्तिक ५, बुधबार

कोरोनाबाट जोगिन लापरवाही नगर्न र सजगता अपनाउन प्रनेसंघ भारतको अनुरोध

सुर्खेत, १३ चैत ।
भारतमा तीन दशकभन्दा बढी समय व्यतित गरेका, पूर्व एमाले निकटको प्रवाशी नेपाली संघ भारतको महासचिवसमेत रहेका डम्बर रावलले भारत प्रवाशबाट कोरोना विरुद्धको लडाईमा उभिन प्रवाशी नेपाली समुदायलाई आग्रह गरेका छन् । भारतमा कोरोना संक्रमणमा तीव्रता आएपछि नेपाली समूदाय नेपाल फर्किएको र त्यसले नेपाल र भारत दुवै देशमा कोरोनाको त्रास बढाएको बताउँदै कोरोनाबाट जोगिन जहाँ पुगेपनि सजगता अपनाउन आग्रह गरेका छन् । हामीलाई प्राप्त विज्ञप्ती अनुसार उनले प्रवाशी नेपालीलाई नेपालमा गएतापनि त्यहाँ अरुसँग सोझै सम्पर्क नगर्न, सकेसम्म एक्लै क्वारेन्टाईनमा बस्न, रुघाखोकी, ज्वरोको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गरेका छन् । प्रस्तुत छ उनले नयाँ नेपाललाई प्रेषित गरेको विज्ञप्तीको सम्पादित अंशः

आदरणीय आमाबाबु दिदिबहिनी दाजुभाइहरु,
हामीले बारम्बार हजुरहरुलाई हार्दिक आग्रह र अनुरोध गरिरहेका छौ की यो कोरोना भाइरस विश्वभरी महामारीको रूपमा फैलिएको मानव विनाशकारी संक्रमण हो । यसको सम्बन्धमा हामी हलुका रूपमा नलिउँ । यसको उपचार विश्वका शक्तिशाली र विकसित मुलुकले पनि गर्न नसकेको अवस्था छ भने हाम्रो जस्तो अविकसित राष्ट्रको लागि कति चुनौती र खतरनाक होला ? यसमा तपाई हामी सबै गम्भीर हुनैपर्छ । केहि दिन अघि देखि भारत सरकारले पÞmेरि २१ दिन को पूरै भारत लकडाउन र नेपाल सरकारले पनि एक हप्ताको लकडाउनको घोषणा गरिसकेको छ । सरकारका निर्णयको पालन गर्नु हाम्रो जिम्मेवारी र कर्तब्य हो । राज्यले कुनै पनि निर्णय नागरिक कै स्वास्थ र सुरक्षाको लागी नै गदर्छन् । तर केहि नेपाली दाजुभाइ दिदिबहिनीहरुले भारतमा लागेको जनता कर्फ्युको प्रवाह नगरी विभिन्न राज्य सरकार र हामीले बारम्बार गरेको अनुरोधको अपहेलना गरेर रेल र बसको माध्यमबाट दिल्ली मथुरा र लख्नौ हुदै जानू भयो ।
त्यहि कारण धेरै दुख र समस्याको सामना गर्नुपर्यो । त्यसमा सहानुभुती बाहेक अब हामीले केही गर्न सक्दैनौं । अब विशेषगरी कर्नाटक, केरला, गोवा, हैदराबाद, चेन्नइ, महाराष्ट्र, गुजरात, पन्जावमा जो पनि हुनुहुन्छ उहाँहरु सँग हार्दिक अनुरोध गर्न चाहान्छु कि भारत सरकार र नेपाल सरकारको अर्को निर्णय न आउँदा सम्म कोहि पनि घरबाट बाहिर ननिस्कौ । हुन सक्छ हामी कसैले रेलको टिकट निकालेको हुन सक्छ कसैले जहाजको पनि टिकट निकालेको हुन सक्छ । यो बन्द कुनै पार्टी वा कसैको राजनीतिक फाइदाका लागि होइन जनताको रक्षाका लाहिनै हो ।
यो बेला हामी घरबाट बाहिर निस्कदा हामी र हाम्रो परिवार तथा राष्ट्रले ठूलो मूल्य चुकाउनु पर्न सक्छ । यो बेला हामीले हाम्रो धैर्य र अनुशासनको पालन गर्ने बेला हो । एक ब्यक्तिको गल्तीको कारण लाखौं जनतालाई कोरोनाको संक्रमण हुनसक्छ । यो समय कदम कदम मा संयम बनाइ राख्नु पर्ने हुन्छ । अहिले सम्म यसको औषधी र उपचार घरमा बस्नु नै हो भन्ने छ । भारत सरकारले यत्रो एक अर्ब ३५ करोड जनतालाई घरमा नै बस्न अनुरोध र निर्देशन गरेको छ ।
आवस्यकता अनुसार जरुरी परेमा रासन पानी घरमै पु¥याउने केही राज्यले निर्णय नै गरेकाछन । आज काल हामी सबैले सामाजिक सन्जालको सदुपयोग र घरमा टिभी त अनिवार्य हेर्छौ । फेरि पनि यस्तो लापरबाही हामीबाट किन ? यसमा हामी सबै गम्भीर हुनैपर्छ । हाम्रो समाजको रक्षा गर्ने हामी सबैको जिम्मेवारी हो । हरेक नागरिकले आ आफ्नो सामाजिक सन्जालबाट सबैलाई आग्रह र अनुरोध गरि नै रहेका छौ कि कोही पनि बिनाकारण घरबाट बाहिर नजाउँ । नेपाल सरकार र भारत सरकारले घोषणा गरेको लकडाउन अथवा यो कर्फ्यु फिर्ता लिएको घोषणा हुदैन त्यो दिन सम्म कोहि पनि दिदिबहिनी दाजुभाइहरु घरबाट बाहिर नजाऔं । आफू बचौ परिवार लाई बचाउ ।
सरकारलाई यो बेला गाली गलौच नगरौ । सरकारका निर्णय तपाइ हाम्रै लागि हुन । राष्ट्रको आवस्यकता र क्षमताको अट्कल र अन्तराष्ट्रिय स्थितिको ख्याल गर्दै नेपाल सरकारले निर्णय गरेको हो । यसमा नेपाल सरकारलाई मात्र सरापेर र गाली गरेर यो समस्या को समाधान हुनेवाला छैन । म पनि देशको एक जिम्मेवार नगरिक हु । सरकार को हरेक निर्णयमा सरकारलाई सहयोग गर्नु मेरो पनि कर्तव्य हो भन्ने हामी सबैले महसुस गरौ । यसैमा नै हामी सबै कोरोना वाइरस बाट देश लाई मुक्त गर्ने छौ र हाम्रो मंगलमय हुनेछ । हाम्रो सावधानीले कोरोना वाइरस पराजित हुनेछ तपाई हाम्रो विजयी अवश्य हुनेछ । केही दिन सतर्कता र सावधानीको साथ जहाँ छौ त्यहि सुरक्षित रहौ । सम्पुर्ण आमाबाबु दिदिबहिनी दाजुभाइहरु स्वास्थ र सुरक्षित रहनुहोस चिन्ता र हतासमा नरहनु हुन हार्दिक अनुरोध गर्दछु ।