२०७७ कार्तिक ११, मंगलवार

प्रदेश सरकारको विपद् कोषमा युवा नेता बुढाले पनि सहयोग गर्ने

 

सुर्खेत । कोरोना भाईरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक योगदान गर्ने सहयोगी हातहरु जुट्न शुरु भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरि राजेन्द्र बुढाले आफ्नो जन्मदिनको अवसरमा बाह्र हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
नेकपा सुर्खेत जिल्ला समिति सदस्य तथा अनेरास्ववियु केन्द्रीय सदस्य समेत रहेका बुढाले भने, “तपाईंहरू काे साथ सहयोग माया आशिर्वाद मेरो हाैसला, आत्मविश्वास अनि उर्जाकाे स्राेत मुहान हाे । मेरो व्यक्तिगत जिवन मा सिमित नभई समाज र राजनीति परिवर्तन काे यात्रा मा दृढ इमानदार का साथ निरन्तर सक्रियता का साथ अघि बढिरहनेछु ।”

सामाजिक संजाल फेसबुकमा उनलेे लेखेका छन्, “अपेक्षा गर्ने हरू काे साथ सहयाेग सपना पुरा गर्न लागिरहनेछु र उपेक्षा गर्ने हरू लाई पनि संग संगै साथ मा लिन सक्ने प्रेरणा / लड्न सक्ने साहस मिलिरहनेछ तपाईं हरू सवै लाइ पुनः हार्दिक धन्यवाद ।”

याे संगिन परिस्थिति मा हाम्रो देश पनि पूर्ण ठप्प अवस्थामा भएको बताउँदै उनले कोरोनाविरूद्वकाे लडाइ मा हामी सहभागी हुनु पर्ने बाध्यता बाट हामी अलग हुने कल्पना गर्न नसकिने उल्लेख गरेका छन् ।

“तपाईं हामी सवै काे पुर्ण भुमिका बाट मात्र याे युद्व विजय प्राप्त गर्न सकिन्छ । यस्तो विषम चुनाैतीपूर्ण घडी ले थप जिम्मावार बाेध बनायकाे हुंदा कर्णाली काेराेना विपत काेष मा रू.१२११५|-(बाह्र हजार एक सय पन्ध्र ) रूपियां सहयाेग गर्ने निर्णय गरेकाे छु ।
समय काे भरपुर सहि सदुपयोग गराै । स्थिति नियन्त्रण वाहिर जान नदिन अत्यावश्यक काम बाहेक कृपया आ आफ्नो घर मै रहेर सरकार लाइ जाेडदार रूप मा पूर्ण सहयाेग गराै ।”