२०७७ कार्तिक १३, बिहीबार

आठबीसका किरियापुत्रीको गुहार: ‘गाउँकै क्वारेन्टाईनमा भाईको किरिया गर्न पाउँ सरकार !’


सुर्खेत ।
कर्णाली प्रदेश सरकारले पहुँचवाला व्यक्तिलाई धमाधाम गाडी रिर्जव गरेरै, प्रदेश सरकारको आदेश अनुसार पास लिएर जिल्ला पुर्याईरहेको सरकार भाईको मृत्यूका कारण सदगद गर्न आएका नागरिकको उद्धार गर्न सुस्ताइरहेको छ ।

आठबीस नगरपालिका वडा नं. एक सात्तालाका देउमले कामीका साईला भाई पहरे कामीको भारतको महाराष्ट्रमा गत २३ मार्चमा निधन भयो ।

उनका चार दाजुभाई मध्ये तिन भाई देउमले, हर्क र प्रेम कामी उत्तराखण्डको हल्दानीमा काम गरिरहेका थिए । भाईको मृत्यू भएपछि उनीहरुले हल्दानीमा नै क्रिया गर्न खोजे तर त्यहाँका भारतीयले गाउँमा नै जान उनीहरुलाई दबाब दिए । ‘भारत सरकारले लकडाउन गरिसकेको थियो । त्यहाँ हाम्रा धेरै आफ्न्त भएका कारण राती कुर्न आउने चलन भएका कारण भिड बढन थाल्यो ।’ कपडा खोलेका मृतकका दाई देउमलले भने, ‘भारतमा कोरोनाका त्रास अत्यन्तै बढि भएको र काज क्रियासमेत गर्न नपाउने अवस्था आएपछि भारत सरकारसँग हार गुहार गरेका थियौं ।

एम्बुलेन्स रिर्जब गरेर हामी महेन्द्रनगरको गड्डाचौकीमा आयौं ।’ उनीहरु गड्डाचौकी आइसकेपछि प्रदेश सरकारको पहलमा वीरेन्द्रनगरसम्म आए । ‘अन्य समयमा ७५० रुपैंया प्रतिव्यक्ति भाडा लाग्ने स्थानमा १५ सय रुपैंया प्रति व्यक्ति तिरेर आयौं ।’ गहभरि आँशु पार्दै उनले भने, ‘अहिले हामीलाई अशोका होटलमा राखिएको छ, खाना बस्न राम्रै छ तर काज क्रिया गर्ने समय वित्दै गएको छ । आज हामीलाई घर फर्कन दिइएन भने घर जानुको कुनै अर्थ छैन । सुमेरु पर्वत बनाई बासी पीण्ड दिने दिन आजै हो । भाइ वितेको सात दिन भएको छ । कसैले हामीलाई गाउँ जाने वातावरण मिलाई दिएको भए अत्यन्तै आभारी हुने थियौं ।’

उनीसँगै आएका उनका भतिजा पदमिससंह विश्वकर्माले बरु आफुहरु गाउामा वडा सरकारले् बनाएको क्वारेन्टाईनमै बसेर भएपनि अंकलको काजक्रिया गर्न चाहेको बताउँछन् । ‘हामीलाई थाहा छ कोरोना कति डरलाग्दो रोग हो भन्ने कुरा । हामीले अहिलेसम्म जाँच गराइरहेका छौं । कुनै लक्षण देखिएको पनि छैन ।’ उनले भने, ‘मात्र सदगद गर्न पाएको भए हुन्थ्यो । बरु त्यसकालागि गाउँमा रहेको क्वारेन्टाईनमै हामी बस्छौं । कसैलाई छुदैनौं ।’
यता, आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले उनीहरुलाई सात्ताला फर्काउन पहल भइरहेको बताए । ‘जिल्ला प्रशासन कार्यालय दैलेखसँग हामीले कुराकानी गरिसकेका छौं । सकेसम्म आजे हामी उहाँलाई यहाँ ल्याउँछौं ।’
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले पनि समस्यामा परेका ती चारैजनालाई आठबीसतर्फ पठाउने बताए । यसकालागि आवश्यक पहल भइरहेको उनको भनाई थियो ।