२०७७ कार्तिक १३, बिहीबार

मनलाग्दी राहतका नाउँमा सामाग्री वितरण गर्न वीरेन्द्रनगरको रोक, कारवाही गर्न प्रशासनलाई आग्रह

सुर्खेत ।
वीरेन्द्नगर नगरपालिकाले विभिन्न संस्थाका नाउँमा मनलाग्दी तरिकाले राहतका नाउामा सामाग्री वितरण गर्न रोक लगाएको छ । नगरपालिकाका कार्यवाहक नगर प्रमुख मोहनमाया ढकाल तथा प्मुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्धारा हसताक्षरित विज्ञप्तीमा नगर भित्र अनुमति विना नै यस्तो रकम र सामाग्री वितरण गरिएको बारे गुनासो आएको उल्लेख गरिएको छ । ‘विभिन्न बस्तिहरुमा राहत एवम सुरक्षा सामाग्रीहरु वितरण गराउने तथा प्रचार प्रसारका कार्यहरु गर्ने गरेको गुनासो नगरपालिकामा प्राप्त हुन आएकोले यसरी आफू खुशी यस प्रकारको काम गर्दा संक्रमण व्यवस्थापनमा दोहोरोपना आउने, कोरोना संक्रमण झनै फैलिने जोखिम भएको र उक्त कायृहरु र काम लक्षित वर्गसम्म प्रभावकारी नहुने देखिएकोले यस संकटको घडिलाई सबै मिलेर पार गर्ने उदेश्यका साथ राहत, सहयोग सामाग्री तथा जनचेतनाको कार्य एकद्धारबाट गर्ने गरि व्यवस्था मिलाइएको हुँदा कुनै पनि संघसंस्था व्यक्तिले आफू खुशी यस प्कारको कार्य नगर्न नगराउन जानकारी गराईन्छ ।’ विज्ञप्तीमा भनिउको छ, ‘सहयोग गर्न चाहेमा खाद्यान्न तथा जिन्सी सहयोगको हकमा सामाग्रीहरु आफैंसँग सुरक्षित राखि सो को परिमाणात्मक विवरणसहित सहयोग गर्ने आसयको पत्र इमेल गर्न तथानगद सहयोगको हकमा नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप व्यवस्थापन कोष खाता नं. ४०८०३०५०५०००२ मा नगद दाखिला गरी भौचारको प्रति संलग्न राखि नगरपालिकाको विपद व्यवस्थापनको ईमेल ठेगाना bipad.bnm@gmail.com मा जानकारी पत्र पठाई सहयोग गर्न सकिने अनुरोध छ ।’ प्राप्त सहयोगलाई नगरपालिकाले आवश्यकताको आधारमा वितरण गर्ने र दाताको विवरण सार्वजनिक गरिने विज्ञप्तमिा उल्लेख छ । साथै नगरपालिकाको अनुमति विना यस प्रकारका गतिविधि भएको खण्डमा सम्वन्धित व्यक्ति, संघसंस्थाहरुलाई सो कार्य गर्नबाट रोकी नियमानुसार कारवाही गरि सहयोग गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।