२०७७ कार्तिक १३, बिहीबार

दैलेखको चामुण्डा विन्द्रासैनीमा एक सय भन्दा बढि क्वारेन्टाईनमा नगरप्रमुख शाहीद्धारा अनुगमन

चाुमण्डा (दैलेख) १८ चैत ।
कोरोना भाईरस फैलिन नलिन चामुण्डा विन्द्रासैनी नगरपालिकाले पाँच स्थानमा क्वारेन्टाईन निर्माण गरी भारतबाट फर्केका १ सय १३ जनालाई क्वारेन्टाइनमा राखेको छ । जस मध्य वडा नं. ७ को कर्णाली जनचेतना आधारभुत विद्यालय पालेतडामा ५७ जना , वडा नं. ९ को भैरव माध्यमिक विद्यालय डौसुरमा १५ जना, वडा नं. ८ को ओमकोट आधारभुत विद्यालय ओमकोटमा १६ जना र वडा नं. ५ को जनता माध्यमिक विद्यालय वस्तेको १७ जना र वडा नं. ३ को चामुण्डा क्याम्पसमा ९ जनालाई क्वारेन्टाइनमा राखिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिए ।
यसैबीच, चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले क्वारेन्टाइनमा राखिएको व्यक्तिहरुको अवस्था बुझ्न अनुगमन गरेका छन् । मंगलबार स्वास्थ्य कर्मी सहित क्वारेन्टाइनमा राखिएका व्यक्तिको अवस्था बुझन् सबै क्वारेन्टाइनको अनुगमन गरेका हुन् ।
जनताको स्वास्थ्य भन्दा ठुलो अन्य केही नभएकाले नगरपालिकाले कोरोना भाइरस फैलिन नदिन क्वारेन्टाइन तयार गरिएको बताउ । ‘विकास निर्माण केही समयपछि गरौला, वर्तमान आवश्यकता भनेको जनतालाई बचाउनु हो । हामी जनतालाई बचाउन र कोरोना भाइरस फैलिन नदिन क्वारेन्टाइन निर्माण गरेको छौँ ।’ उनले क्वारेन्टाइनमा बसेकाहरुलाई भने, ‘तपाई तोकिएको समय क्वारेन्टाइनमा बस्नुहोस, कुनै लक्षण नदेखिए तोकिएको समयमा घर जान पाउनु हुनेछ । कसैलाई लक्षण देखिएमा सुविधा सम्पन्न अस्पताल पठाउने नगरपालिकाले व्यवस्था गरेको छ ।’
साथै क्वारेन्टाईन अवद्यिभर नगरपालिकाले खानाको व्यवस्था समेत गरेको उनले जानकारी दिए ।