२०७७ कार्तिक १३, बिहीबार

प्रदेश विपद व्यवस्थापन कोषमा एकैदिन २० लाख सहयोग

सुर्खेत, २० चैत ।
प्रदेश विपद व्यवस्थापन कोषमा एकैदिन २० लाख रुपैंया सहयोग प्राप्त भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार विभिन्न बैक तथा वित्तीय संस्थाले सो बराबरको चेक विहीबार कोषलाइ हस्तान्तरण गरेका हुन् ।
‘कोरोना (कोभिड(१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश विपद व्यवस्थापन कोषमा आज नेपाल बैंक लिमिटेडबाट रू ५ लाख, कृषि विकास बैंकबाट रू५ लाख, गरिमा विकास बैंकबाट रू५ लाख र माछापुच्छ्रे बैंकबाट ५ लाखगरी कुल योगमा रू २० लाख सहयोग प्राप्त भएको छ । सहयोगका हातहरू फैलाउने समस्त बैंकहरूप्रती हार्दिक आभार ब्यक्त गर्दै प्राप्त सहयोगको सदुपयोग हुने विश्वास दिलाउदछौं ।’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।