२०७७ माघ ३, शनिबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सरसफाई

photoसुर्खेत, भाद्र १४ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरमा मंगलबार सरसफाई गरिएको छ ।

स्ववियू चुनावमा विभिन्न विद्यार्थी संघ, संगठनहरुले पोष्टर, पम्पलेट लगायतका प्रचार सामग्रीले क्याम्पस परिसर दुर्गन्धित भएको भन्दै सरसफाई गरिएको अनेरास्ववियू राष्ट्रिय कमिटीको अध्यक्ष गगनसिंह ठकुरीले जानकारी दिए ।

अनेरास्ववियुको अगुवाईमा भएको सरसफाई कार्यक्रममा अनेरास्ववियूका सचिवालय सदस्य हिरेन्द्र शाही, डम्बर सिंह, डम्बर विसी, केन्द्रीयलेखा आयोगका सदस्य भूपेन्द्र शाही, पूर्व केन्द्रीय सदस्य राजकुमार शर्मा, विद्यार्थी नेता भुवन तिवारी, जिल्ला कमिटी सदस्य विष्णु महत्तरा लगायत विद्यार्थी नेताहरुको पनि सहभागिता रहेको थियो ।