२०७७ मंसिर ९, मंगलवार

अतिक्रमण भो!

कोहि स्थापित हुन-कोहि बिस्थापित हुनैपर्ने
दुस्चक्रका बिचबाटै भएपनी
सुन्दर सन्सार निर्माणको महाअभियानमा
दौडिरहेको विश्व ब्रह्माण्ड
अनायासै आक्रान्त भो,
विश्व बजारको कोलाहल
एकाएक सुनसान भो,
यत्र तत्र सर्बत्र,अतिक्रमण भो,अतिक्रमण भो!

विश्व मानव बस्ती
थर्कमान छ,स्तब्ध छ अनि निश्शब्द
भिमकाय रोडहरु- सुनसान छन्
आकाश शान्त छ
आलिशान महलहरु खाली छन्
सबैको घर-घरमा प्रवेश निषेध छ
कोरोना-कोरोना-कोरोना

एक अपत्यारिलो सत्य
भुसको डढेलो झै सल्कीरहेछ
बस, बिस्वासको खाचो भो
विश्व बजार देखि झुपड पट्टिसम्म
चियाको गिलास देखि नीति निर्मातासम्म
यत्रतत्र सर्बत्र- ठूला साना कुनै भेद छैन
अचम्म भो, आश्चर्य भो
गम्भीर अतिक्रमण भो!

ठूलो अटेरी पो भो
रोकिने कुनै छाटकाट नै गर्दैन
कसैको मतलब नै छैन-
कसैलाई टेर्दै टेर्दैन
झारफुक चल्दै चल्दैन- डाक्टर
नर्स,अस्पतालको बेड केही भन्दैन
राष्ट्रपति,प्रधानमन्त्री….गरिब,किसान, मजदुर….,कसैलाई चिन्दै चिन्दैन

त्यसैले त
घर बाहिर जान मिल्दै मिल्दैन
हात मिलाउनै हुदैन
कोहि कसैलाई भेट्नै मिल्दैन
हो,
उहिले उहिले बुढापाकाले भन्ने गर्थे
कि त आफै जान्नु नत्र भन्या मान्नु
साच्चै यो चिज जान्या पर्दै परेन
त्यसैले त, भन्या मान्नुको बिकल्पै रहेन।

ज्ञानेन्द्र  शर्मा, सुुुुर्खेत ।