२०७७ मंसिर १०, बुधबार

परिवर्तित कर नीति र बजार अनुगमन संमबन्धी अन्तरक्रिया

surkhetcci_logoसुर्खेत, भाद्र १५ ।
सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा परिवर्तित कर नीति, बजार अनुगमन तथा उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर अधिकृत नन्दबहादुर भण्डारीले कर शिक्षासम्बन्धी, सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बजार अनुगमन र उपभोक्ता अधिकार तथा चार्टड एकाउण्टेन्ट विश्व भण्डारीले परिवर्तित कर नीतिबारे सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत नारायण सुवेदीले जिम्मेवारी र इमान्दार भएर व्यापार गरे ऐनकानून देखेर व्यापारी डराउनुपर्ने अवस्था नभएकोमा जोड दिनुभयो । अधिकांश व्यापारीले कर शिक्षाबारे नजानेकै र नबुझेकै कारण कारवाहीको भागिदार हुनुपरिरहेको उल्लेख गर्दै उहाँले कोहि कतै भने जाना जान कर कानून उल्लंघनपनि भैरहेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश अधिकारीले केहि समयअघि गरिएको सर्वेक्षण अनुसार ९० प्रतिशतभन्दा बढि व्यापारीलाई कर शिक्षाबारे पूर्ण चेतना र जानकारी नभएको उल्लेख गर्नुभयो । कर शिक्षामा सबै तहका व्यापारी व्यवसायीको पहुँच पु¥याउनु नितान्त जरुरी भैसकेको भन्दै अध्यक्ष अधिकारीले कानूनको अज्ञानता र अनविज्ञता क्षम्य नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघ मातहतका विभिन्न वस्तुगत समितिमा सम्वद्ध व्यापारी व्यवसायीहरुको सहभागिता रहेको थियो ।