२०७७ कार्तिक १२, बुधबार

कर्णालीमा ५२ जनाको स्वाव परिक्षण, नतिजा सबै ‘नेगेटिभ’

शेरबहादुर थापा
सुर्खेत, २४ चैत ।
कर्णालीमा ५२ जनाको स्वाव परिक्षण सम्पन्न भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चैत २० गते वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कालागाउँमा स्थापना गरिएको पीसिआर मेसिनमार्फत हालसम्म ५२ जना कोरोनाका शंकास्पद विारमीको स्वावको नमूना जाँच गरिएको र ती सबैको नतिजा ‘नेगेटिभ’ आएको निर्देशक रिता भण्डारीले जानकारी दिईन । ‘हिजो साँझसम्म ४१ जनाको नमूना जाँचको रिर्पोट आइसकेको थियो । ती सबै रिर्पोट हेर्दा नेगेटिभ देखिएको हो । आज सोमबार साँझ पाँच बजेसम्म ११ जनाको रिर्पोट आइसकेको छ । यी सबै रिर्पोटले नेगेटिभ नै देखाएका छन् ।’ निर्देशक भण्डारीले भनिन्, ‘मंगलबार दश जनाको रिर्पोट जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउने भएका छौं । यो हाम्रो मेसिनले जाँच गरेको नमूनाको पुर्न जाँच हुनेछ ।’
उनले हालसम्म भारतबाट आएका ९ जनाको नमूना परिक्षण गरिसकिएको छ भने आज सोमबार ११ जनाको स्वावको संकलन गरिएको छ । ती नमूनाको जाँच भोली बुधबार मात्रै गरिने निर्देशक भण्डारीले जानकारी दिईन । ‘चैत एक गते देखि यता विदेशबाट आएका नागरिकको जाँच गरिरहेका छौं । भारतबाट आएका नागरिकहरु मध्ये शंकास्पद व्यक्तिको स्वाव जाँच गरिरहेका छौं ।’ उनले भनिन्, ‘भारतबाट आएकामा आइसोलेसनमा बसेका र क्वारेन्टाईनमा बसेकाहरुको जाँच गरिएको हो ।’
उनले अबको तीन दिन भित्र कर्णालीमा शंकास्पद विारमीको नमूना संकलन गरी कोरोना पत्ता नलागेको खण्डमा स्थिति भयावह आउन सक्ने बताईन । ‘अहिलेसम्म उहाँहरु गाउामा पुगिसक्नु भएको छ । कोरोना कर्णालीमा भए नभएको पत्ता लागिसकेको अवस्था छैन । तीन दिनभित्र कोरोना संक्रमण पत्ता लागेमा स्थिति सहज हुनसक्छ अन्यथा नियन्त्रण गर्न समस्या पर्ने हामीले देखेका छौं ।’ उनले भनिन, ‘यसकालागि गाउँमा रहेका सबै नागरिक सजग र सर्तक हुनु पर्ने र त्यस्तो लक्षण देखिएको खण्डमा तत्काल अस्पतालमा सम्पर्क राख्नुपर्ने देखिन्छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।’ उनले भारतबाट आएका नागरिकमा कोरोना लुकेको हुनसक्ने बताउँदै यसतर्फ ध्यान दिन आग्रह गरिन ।
उनले लकडाउनलाई थप कडा गर्नुपर्ने बताउँदै आफुहरु हाइ अर्लटमै रहेको जानकारी दिईन । सबै नागरिकले कोरोनाबाट जोगिने उपाय अवलम्बन गर्नुको विकल्प नभएको उनको भनाई थियो ।