२०७७ कार्तिक ८, शनिबार

दैलेखकाे आठबीसमा मास्क आतंक, ६ नम्बर वडाकार्यालयले बाँडयो प्रति घर दुइ मास्क त्यो पनि पुराना कपडाका

सुर्खेत, २५ चैत ।
दैलेखको आठबीस नगरपालिका वडा नं. ६का वडा कार्यालयले फोहोर कपडाका मास्क बनाई वितरण गरेको पाइएको छ । कोरोनाको गाउा गाउँमा त्रास बढेको समयमा राहतका नाउँमा जनप्रतिनिधिले नै यस्ता सामाग्री बाँडेको पाइएको हो । आठबीस नगरपालिका वडा नं. ६ का पदम थापाले वडा कार्यालयले गैरजिम्मेवार काम गरेको आरोप लगाए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ कोराना भाइरस नआउन दिन् अर्थात पूर्व तयारी को लागि छुट्याइएको बजेटको माक्सको नाममा दुरुयोग गरेर दैलेख जिल्लाको आठबिस नगरपालिका सिंहासैन वडा नम्बर ६ रोलमा यस्ता माक्स वितरण गरेर हामी सर्वसाधारणको आँखामा छारो हाल्ने काम गरिएको छ ।’ उनले लेखेका छन्, ‘यस्तो अवस्थामा सरकारी निकायहरुले छानबिन गर्न जरूरी छ र हामी सर्वसाधारण जनता लाई जनप्रतिनिधिहरुले बजेटको हिनामिना गरी हामी जनताहरुलाई प्रयोग गर्न नमिल्ने खालको कपडाको माक्स बनाई वितरण गरिरहेका छन् । यस्तो विश्वव्यापी माहामारीको रुप लिएको कोरोनाको नाम आएको बजेटलाई जनप्रतिनिधिले यसमा भष्टाचार नगरुन । हामी सर्वसाधारण जनता लाई शुद्ध प्रयोग गर्न मिल्ने खालको कपडा को माक्स बनाई वितरण गरिदिनु जनप्रतिनिधि लाई अनुरोध गरिन्छ । साथै यस्तो सर्वसाधारण जनता लाई उल्लु बनाउने र घिन लाग्दो काम नगरियोस् ।’


उक्त वडामा प्रति घर दुइ वटा मास्क वितरण गरिएको छ । वडाको रोल, राँता, सिंहासैन, खड्कागडेन, बाँजाकाटियाँ र ताउनी तथा खिड्की ज्यूलामा प्रति घर दुइ वटा मास्क वितरण गरिएको स्थानीय दयाराम विश्वकर्माले जानकारी दिए ।
‘यसरी, प्रयोग गर्ने नमिल्ने मास्क त्यो पनि एक घर दुइ मास्क दिइदा कसले मास्क लगउाने कसले नलगाउने भन्ने भएको छ । मास्क पनि अत्यन्तै पुराना कपडाका बनाईएको छ भने गुणस्तरपनि हेरिएको छैन ।’ स्थानीय बम्म थापाले भने, ‘यति गैरजिम्मेवार काम गर्न हुन्थेन । राज्यले या त माक्स नदेओस, दिएपनि राम्रो देओस । झारा टार्ने काम नहोस ।’
वडा अध्यक्ष धीरबहादुर शाहीले गाउँमै मास्क सिलाइएको बताए । ‘गाउामा मास्क सिलाएका हौं । ८९६ घरधुरी वडामा छन् । ती सबै घरधुरीलाइ एक चक्की सावुन र दुइ मास्क वितरण गरेका हौं ।’ अध्यक्ष शाहीले भने, ‘वडासदस्य तथा अन्य व्यक्तिलाई मास्क वितरण गर्न पठाएको थिएँ । कोही कसैले कुरा लगाइ दियो होला, मास्क सहि नै होलान ।’ बाहिरबाट मास्क किन्न नपाईने भएका कारण त्यहि सिलाइएको उनको दाबी थियो । वडाका ६० वर्ष भन्दा माथिकालाई मात्रै मास्क वितरण गर्ने भनिएका कारण प्रतिघर दुइ मास्क बाँडिएको उनको भनाई छ ।