२०७७ कार्तिक १०, सोमबार

काराेनाले ल्याएकाे सम्भाबना

माेहन पाैड्याल ।

समय महान छ सबैकाे महत्व झल्काउने र निभाउने काम अाफै गर्छ , समय चक्र हाे चक्र भन्थे हाे रच हिजाे सम्म विदेश राम्राे अमेरिका, युराेप राम्राे भन्थ्याै, विकसित देश यस्ताे अविकसित देश रे विकसित देशमा स्वास्थ्य, शिक्षा सबै राम्राे भन्ने थियाे तर अाज समय बदलिएकाे छ पृथ्विकाे वाधसाह अमेरिकालाई नै एेया एैया भन्ने बनायाे काराेनाले अाज स्वदेशका नेपालिलाई भन्दा विदेशका नेपालिमा झन् पीडा र चिन्ता देखिन थाल्याे पैसा पैसा भन्दै कहाँ कहाँ पुगेका छन् ।

मान्छेहरू तर पैसाकाे के काम भन्दै बाटाेमा पैसा फ्याक्दै छन् । ईटालिएनहरू यसले के देखायाे भने पैसा नै सबथाेक भनेर अरूकुरालाई विर्सनु नहुने रहेछ मान्छेले बाहिर देखिने कुराकाे मात्र ख्याल गरे भित्रि अनि सूक्ष्म कुराकाे ख्याल गरेन तर अाज त्यहि सूक्ष्म जिबाणुले संसारभर रूवाई रहेकाेछ मान्छेकाे पैसारूपि दम्भकाे हाेडवाजि लाई राेकिदिएकाे छ ।

प्रकृति तेराे मात्र हाे सबै जनावर जति त मात्र खाने त्यसाे भए हामी भाईरसले के खाने अब मान्छे खाने, प्रकृतिको दाेहन गरिस लाज मानेर नाकमुख छाेपेर हिड भन्दैछ ।

काराेना , मान्छेले भन्दा त न्याय पनि गर्दैछ काे धनी काे गरिव, काे कुन धर्मकाे, काे कुन उमेरकाे काे कुन देशकाे , सेताे छाला, कालाे छाला, याे जात त्याे जात, केही नभनि सबैलाई एक सत्रान पार्दैछ काेराेना ।

यसले पुनःमान्छेलाई भन्दैछ कि प्रकृतिप्रेमिवन जटिवुटि खाउ, साकाहारि वन र अात्मरक्षा प्रणार्लि वलियाे वनाउ, धेरै शहरिकरण, अाैधाेगिकरणकाे नाममा मान्छेकाे भिडभाड नगर गाउँको पनि विकास गर सबैतिर छरिएर वस सबै पेसा अंगाल कृर्षि पेशामा वढि रमाउ किनकि यसमा अात्म निर्भर हुने र स्वस्थ हुने मेसाे छ ।

हातखुट्टा फुट्याे अनि नराम्राे भाे गाेवर लाग्याे भनेर नहेप कृषिलाई कलेजाे, फाेक्साे, मुटु फुट्ने राेग, रगत उम्लिने, नसा चुट्ने के, के हाे के के राेग लाग्ने अरू पेशा,व्यवसाय भन्दात कृर्षि नै राम्राे पेशा हाे भन्दैछ काेराेना त्यसैले अाज मान्छेहरू एकान्तवास खाेज्दैछन्, चढ्दैछन् पहाडि क्षेत्र अब पुनःस्थापन हुन सक्छ गाउघर हिजाे तराईकाे केही क्षेत्रकाे विकास र नेपालकाे अाफ्नै अान्तरिक युद्धले अाेरालाे लागेकाे गाउघर अाज काेराेनाले फर्काउन सक्छ र गाउकाे श्रम र उच्च प्रविधिकाे प्रयाेग गरियाे भने विकास पनि हुन्छ किनकि अब समय पुरानै ढंगले चल्ने छैन, वैदेशिक राेजगारि र भारतमा काम गर्न जाने चलन हट्न सक्छ र हट्नुपनि पर्छ यस्ताे खालकाे अस्थायि राेजगारिले नेपाली अर्थतन्त्रलाई निल्नु न अाेकेल्नु बनाई रहेकाे छ ।