२०७७ कार्तिक ६, बिहीबार

तीन जिल्लाका २३ हेल्थडेस्कमा कसैले पनि गरेनन परिक्षणः सात जिल्लामा एक लाख बढि

सुर्खेत । कर्णाली प्रदेशमा हेलथ डेस्कमा कोरोना परिक्षण गर्नेहरुको संख्या एक लाख बढि पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको शुक्रबारसम्मको तथ्यांकअनुसार कर्णाली प्रदेशभरिका १० जिल्लाका विभिन्न स्थानमा रहेका हेल्थ डेस्कहरुमा स्वास्थ्य जाँच गर्नेको संख्या १ लाख १७ हजार ३ सय २ पुगेको हो ।

उक्त तथ्यांकअनुसार कर्णाली प्रदेशभरी ५४ स्थानमा हेल्थ डेस्क रहेका छन् । मन्त्रालयका सचिब धर्मजित शाहीका अनुसार सबैभन्दा बढि मुगुमा १८ स्थानमा हेल्थडेस्क रहेकोमा जम्मा चार हजार आठ सय तीन जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
जाजरकोटमा ११ स्थानमा रहेका हेस्थ डेस्कमा एक जनाले पनि स्थास्थ्य परिक्षण गराएका छैनन् । डोल्पामा १० स्थानमा रहेका हेल्थ डेस्कहरुमा पनि कसैले पनि स्वास्थ्य परिक्षण नगरेको स्वास्थ्य सेवा निर्दैशनालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै रुकुम पश्चिममा दुई स्थानमा रहेका हेल्थडेस्कहरुमा पनि कसैले पनि स्वास्थ्य परिक्षण गराएका छैनन् ।
यसरी हेर्दा कर्णाली प्रदेशभर रहेका जम्मा ५४ स्थानका हेल्थ डेस्कमध्ये तीन जिल्लाका २३ स्थानका हेल्थडेस्कहरुमा एक जनाले पनि कोरोना परिक्षण गराएका छैनन् ।

सुर्खेतमा चार स्थानमा सबभन्दा बढि ७४ हजार चार सय ३७ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । सल्यानमा एक स्थानमा रहेको हेल्थ डेस्कमा ३० हजार एक सय ७२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । कालिकोटमा रहेका दुई स्थानका हेल्थ डेस्कहरुमा तीन हजार आठ सय ८६ जनाले परिक्षण गरेका छन् ।

दैलेखमा दुई स्थानमा रहेका हेल्थ डेस्कमा तीन हजार ३८ जनाले परिक्षण गरेको निर्देशनालयले जनाएको छ । हुम्लामा तीन स्थानमा रहेका हेल्थ डेस्कमा आठ सय ८१ जनाले र जुम्लामा एक् स्थानमा रहेको हेल्थडेस्कमा ८५ जनाले स्वास्थ्य परिक्षण गरेका छन् ।