२०७७ कार्तिक ११, मंगलवार

कर्णालीमा ६ सय ५१ जना क्वारेन्टाइनमा, मुगुमा क्वानरेन्टाइन रित्तै


कर्णाली प्रदेशभरका विभिन्न स्थानीय तहमा चार हजारभन्दा बढि बेड क्वारेन्टाइन रहेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसबाट एक अर्कामा सर्न नदिन, भारत तथा विदेशबाट आएका तथा भाइरसको संका लागेका व्यक्तिहरुलाई राख्न कर्णाली प्रदेशभर चार हजार एक सय १२ बेड क्वारेन्टाइन निर्माण गरिएको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयको आइतबार बिहानसम्मको तथ्यांकअनुसार कर्णाली प्रदेशभर जम्मा छ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । भने कोरोना भाइरसको संका लागेका र विदेशबाट आएका नागरिकहरुलाई तीन हप्ता क्वारेन्टाइनमा राखेपश्चात घर फर्काइएको छ । प्रदेशभरका छ सय ४८ जनालाई परिक्षणपश्चात नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको हो ।

मुगुमा क्वारेन्टाइन रित्तै, सुर्खेतमा २ सय ७१ जना

मुगुमा २३ स्थानमा रहेका एक सय ९२ बेड क्वारेन्टाइन रित्तै रहेका छन् । क्वारेन्टाइनमा बसेका ४७ जना घर अवधि घर फर्किएपछि क्वारेन्टाइन रित्तै भएको हो । सुर्खेतमा रहेका ७ सय ८९ बेड क्वारेन्टाइनमा २ सय ७१ जना क्वारेन्टाइनमा रशेको तथ्यांक सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको छ ।

डोल्पामा रहेका २ सय २८ बेड क्वारेन्टाइनमध्ये १ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् र पाँच जना भने घर फर्किएका छन् ।

४६६ बेड आइसोलेसन, आइसोलेसनमा बस्ने ३ जना

त्यस्तै कर्णाली प्रदेशभर हालसम्म चार सय ६६ बेड आइसोलेसन् रहेका छन् । आइसोलेसनमा बस्नेहरुको संख्या भने तीन जना रहेको छ । रुकुम पश्चिमको चोहरजाहरी अस्पतालमा २ जना र कर्णाली स्वास्थ्इ विज्ञान प्रतिष्ठान जुम्लामा एक जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

१७ बेड आइसीयु, ८ वटा भेन्टिलेटर

कर्णाली प्रदेशभर जम्मा आसीयुको संख्या १७ बेड रहेको छ । आइसीयुमा बस्ने भने हालसम्म कोही नभएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । भने प्रदेशभर जम्मा ८ वडा भेन्टिलेटर रहेका छन् ।