२०७७ कार्तिक १५, शनिबार

सांसद बिष्टद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य ठम्मर बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपचारको लागि सुरक्षा सामग्री वितरण गरेका छन् । सुर्खेत जिल्ला क्षेत्र नं. – १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बिष्टले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

प्रदेशसभा सदस्य बिष्टले गुर्भाकोट नगरपालिकामा रहेको मेहलकुना अस्पताललाई ५० थान पिपिइ, २०० बोतल स्यानेटाइजर र ५०० थान मास्क दिएका छन् । त्यस्तै, गुर्वाकोट नगरपालिका स्वास्थ्य शाखालाई २० थान पिपिइ, १०० बोतल स्यानेटाइजर र ५०० थान मास्क, सिम्ता गाउँपालिकालाई स्वास्थ्य शाखालाई २० थान पिपिइ, १०० बोतल स्यानेटाइजर र ५०० थान मास्क, त्यस क्रममा इलाका प्रहरी कार्यालय छीन्चुका प्रमुख एबं बादेपीपल प्रहरी कार्यालयका प्रमुखलाई केही थान पीपीई, मास्क र सेनिटाइजर पिपिइ, स्यानेटाइजर र थान मास्क वितरण गरेका हुन् ।

कोरोना भाइरसबाट सुरक्षित भै जनताको सेवामा लाग्नको लागि स्वास्थ्य सेवकहरुको लागि पिपिई, सेनेटाइजर, गलभ, चस्मा लगायत अति आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छन् ।

स्थानीय सरकारका रुपमा रहेका नगरपालिका र गाँउपालिकाका प्रमुखहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणले विश्वलाई नै संकट पारिरहेको यो संकटमा सबैले सतर्कता अपनाउनु पर्ने प्रदेशसभा सदस्य बिष्टले बताए । ‘आफुले आफुलाई सुरक्षित बनाई घरमै क्वारेन्टाइनमा बसे कोरोनाको संक्रमणबाट जोगाउन सकिन्छ ।’

आफ्नो क्षेत्रका जनताप्रति सचेत भएको र आम जनताको सेवा गर्ने स्वास्थ्यकर्मीहरुको यतिबेला निकै जोखिम बन्ने भएकोले स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि समयमै उपलब्ध गराउने प्रयत्न स्वरुप सुरक्षा सामाग्री आफ्नै ब्यक्तिगत खर्चले ब्यवस्थापन गरेको बिष्टले बताए ।
प्रदेश अन्र्तगत मेहेलकुनास्थित जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्ट, चिकित्सक एबं सम्पूर्ण स्वास्थ्यकर्मी टीमलाई धन्यवाद दिदैँ प्रदेशसभा सदस्य बिष्टले केही दिन अघि मात्र त्यस क्षेत्रमा अनुगमनको क्रममा मास्क, पीपीईलगाएत आत्मसुरक्षाको लागी चाहिने सामाग्रीहरु समेत अपुग रहे देखेर स्वास्थ्य सामग्री खरीद गरिएको बताए । ‘जोखिम पूर्ण अवस्थामा ज्यानको प्रवाह नगरी युद्ध मोर्चामा खटेको सिपाही जस्तै अस्पतालमा डयुटी तैनाथ रहेको देख्दा अत्यन्तै प्रभाबित बनाएको थियो ।’ उनले भने,‘यस्तो संकटको घडीमा आफ्नो कर्मथलो नैं अस्पताल हो भनी अहोरात्र खट्ने अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष मानबहादुर खत्री लगाएत उहाँको सम्पूर्ण टीमले गरेको काम निकै सह्रानिय रहेको छ ।’

उक्त समयमा मेहेलकुना अस्पतालले तय गरेको आइसोलेशन कक्षको समेत अनुगमन गरिएको बिष्टले बताए ।

जिल्ला अस्पताल मेहेलकुनाको लागी प्रदेश सरकारबाट प्रारम्भिक प्रतिरोधको लागी रु. ४२ लाख नगद र केही सामाग्री पुगि सकेको छ भने क्रमश गुर्भाकोट नगरपालिकामा २० लाख र सिम्ता गाउँपालिकामा १५ लाखका दरले आवश्यक साधनश्रोतको लागी रकम हस्तान्तरण भैसकेको बिष्टले जानकारी दिए ।

मेहलकुना अस्पताललाई भेन्टीलेटरलगाएत केही अत्यावश्यकीय सामाग्रीहरु जति सक्दो छिटो उपलब्ध गराइने उनले बताए ।

महेलकुना अस्पतालका मेसु डा.मनिसकुमार मिश्रले अहिले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्री आवश्यक रहेको बेला प्रदेशसभा सदस्य बिष्टले दिएको स्वास्थ्य सुरक्षा सामग्रीले अझैँ मनोबल बढाएको बताए ।

अस्पताललाई कोभिड–१९ को उपचार र स्वास्थ्य जाँचका लागि किट र भेन्टिलेटरको आवश्यकता रहेको मेहलकुना अस्पतालका अध्यक्ष मानबहादुर खत्रीले जानकारी दिए ।

twitter sharing button
messenger sharing button
email sharing button
whatsapp sharing button
sharethis sharing button