२०७७ कार्तिक ४, मंगलवार

अस्ताउँदो बर्ष र उदाउँदो आपत्

 

 

साकार शर्मा :

प्रायः नयाँ बर्ष मानिसहरुले केही नयाँ थाल्ने, पुराना रिसराग त्याग्ने, भाइचारा बढाउने र अब आउने बर्षमा केही उत्कृष्ट गर्छु भनेर कल्पना गर्ने, एक बर्षे लामो सुखम् दुखम् यात्राको मैझारो मानिन्छ। तर पूरानो बर्ष सुखमय भएर देश बिकासले पनि लामो फड्को मारी रहेको बखत,जादै गरेको बर्षको आन्तिम महिना देखि लियर आउँदै गरेको नयाँ बर्ष त्रास र आपतले भरिएको हुने देखिएको छ।
कोरोना भाइरस अर्थात “कोभिड-१९”का कारण अहिले सिङ्गो बिश्व हल्लिएको छ, नेपाल पनि यस बाट खास्सै पछी पर्न नसकेको अबस्था छ। छिमेकी मुलुक भारत समेत कोरोना प्रकोपबाट बच्न नसकेर आच्चो आच्चो परिरहेको समयमा, नेपालमा हाल सम्म ९ जना संक्रमितहरु भेटिएका छ्न् र उनिहरु पनि निको भैरहेको अबस्था छ, यस बखतमा सरकार,प्रहरी प्रशासन र अन्य संघ संस्थाले गरेको काम सराहना योग्य छ। यसै समयमा सम्पूर्ण नेपालीहरु पनि घर ढोका सम्म आइसकेको नयाँ बर्ष २०७७ लाई स्वागत गर्न आतुर देखिन्छन्।
तर बर्तमान अबस्थामा भने सामाजिक, आर्थिक र राजनीति दृष्टिले नेपालमा समेत कोरोना आतंक मच्चिने अड्कल गर्न सकिन्छ। सामाजिक दृष्टिले हेर्ने हो भने अहिले बिश्वका कयौं देश हरुमा मानिसहरु कोरोना सङसङै भोकमरिले पनि मर्ने बिश्व स्वास्थय संगठनले चेतावानी दिएको छ।कथम कदाचित नेपाल पनि कोरोना संक्रमण व्यापक रुपमा फैलियो भने हजारौं होइन लाखौं मनिसहरु भोकमरिले मर्ने देखिन्छ, नेपालका लाखौं मानिसहरु मज्दुरी पेशामा आवद्ध छन्,उनिहरु कोरोना त्रासका कारण गरिएको लकडाउनले गर्दा दैनिक आय आर्जन हुने केही ज्याला बाट पनि बन्चित भएका छन् ।
उनिहरुको समस्या समाधान गर्न सरकारले राहत वितरण गरिरहे पनि कयौं ठाउँमा अनियमितता भएको खबर आइरहेको छ। यदि यस्को समाधान गर्न नसके ती गरिब निमुखा नयाँ बर्षको दिन पनि भोकै रहनेछन्। यसका साथै नयाँ बर्षमा सधैं भेटेर शुभकामना आदानप्रदान गर्ने चलन पनि यस बर्षको नयाँ बर्षमा देखिने छैन।हरेक बर्ष सामजिक भाइचारा बढाउने उद्देश्यले बैशाख महिनाको आगमन संगै मनाइने भक्तपुरको “बिस्केट जात्रा” पनि नमनाइने आयोजकले जनाएको छ।तर पनि ज्यान रहे जाहान रहन्छ भनेझै देश र देशबासी सुरक्षित रहे अनेकतामा एकता भएको नेपालि समाजको सामाजिक एकतामा खलल् नपुग्ला भन्न सकिन्छ। राजनितिक दृष्टिले हेर्ने हो भने बर्तमान अबस्थामा समेत धेरै चल्खेल भएको देखिछ, कहि स्वास्थय समाग्री किनमेलमा घोटाला भएको समस्या छ त कतै चाहिने ठाउँमा भन्दा पनि आफ्नो आफ्नो राजनीतिक केन्द्रमा मात्र राहात बाढिएको खबर। केही समय देखि संसद पनि चल्न नसकेकाले प्रधानमन्त्रीले समेत घरबाटै प्राविधिको प्रयोग गर्दै Video conference मार्फत सरकार सन्चालन गरि रख्नु भएको छ।
कतै भने कोरोना रोकथामका लागि बनाइएको उच्च स्तरीय समितिले समेत सहि तबरमा काम नगरेको गुनासो छ।विपक्षी दल पनि सरकारको समर्थन गर्नुको साटो यसो भएन उसो भएन भन्दै केही समय अघि मध्यावधी चुनावको माग गर्दै हिडेको थियो।यस्तै हो भने आउदै गरेको बर्षमा पनि राजनीतिक दृष्टिकोणले हेर्दा राष्ट्रले खास्सै फड्को मार्ला जस्तो देखिन्न।
उसै त नेपाल आर्थिक दृष्टिकोणले बिश्व अर्थ बजारमा निकै पछि छ।अझ यस बिश्व माहामारीका कारण नेपालको अर्थ बजार पछाडी धकेलिने देखिएको छ।कतिपय बैंकहरुले ब्याज दरमा निश्चित प्रतिशत घटाएर पैसा लिने र असार मसान्त सम्म पनि ब्याजे कारोबार गर्न सकिने भनेका छन्। बर्तमान अवस्थामा राज्यको ठूलो ढुकुटी र प्रम विपत् कोषमा जम्मा भएको ठूलो रकम स्वास्थ्य सामाग्री खरिद र राहात ब्यबस्थापन खर्च भैरहेको छ।
असार मसान्त सम्म सम्पन्न गरि सक्नु पर्ने परियोजना र राष्ट्रिय गौरवका आयोजनाहरु पनि समयमै नसकिने डर छ। साथसाथै कलकारखाना लामो समय बन्द रहनाले देशको अर्थ ब्यबस्थामा ठूलो गिरावट आउने आनुमान गर्न सकिन्छ।त्यसैले आउँदो नयाँ बर्षमा आर्थिक संकटको बोझ(आपत) पर्न सक्ने सम्भावना निकै धेरै छ। यस्का साथै नयाँ बर्षको आगमन सङै ;पहिलो महिनामै सकिनु पर्ने बिद्यालय देखि बिश्वबिद्यालय सम्मा परिक्षा हरु समेत अनिश्चित काल सम्मका लागि स्थगित भएका छन्, जस्ले गर्दा लाखौ विद्यार्थीको भबिस्य अन्योलमा छ। सरकारले निजि बिद्यालयहरुसङ चैत्र महिनाको शुल्क नलिन भने पनि; शिक्षकहरुको तलब कसरी खुवाउने भन्दै केही शैक्षिक भातृ संगठनहरुले लक्डाउन खुले पछि सरकार सङ जवाफ मग्ने घोषणा गरेका छन् । तसर्थ नेपालमा नयाँ बर्ष सङ सङै सामाजिक, आर्थिक, राजनितिक र शैक्षिक आपतको आगमन हुने धेरै सम्भावना देखिएको छ।