२०७७ कार्तिक ११, मंगलवार

प्रहरी सई शर्माले गरे एरिचोकमा होहल्ला, सूचना दिन मानेनन एसपी पन्त र इन्सपेक्टर रायमाझीले

सुर्खेत, ३० चैत ।
कोरोना त्रासका कारण आम नागरिकहरु घरभित्रै लकडाउनमा बसिरहेका बेला प्रदेश प्रहरी कार्यालयसुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक नारायण शर्माले एरिचोकमा होहल्ला गरेका छन् । प्रहरी आफैं होहल्ला गर्दै हिडेपछि स्थानीय भने प्रहरीबाटै त्रसित बनिरहेका हुन ।
प्रहरी आफैं मादक पदार्थ सेवन गर्दै नागरिकलाई धम्की दिन थालेपछि स्थानीयले नगरप्रहरीलाई खबर गरेका थिए । नगर प्रहरीले शर्मालाई नियन्त्रणमा लिन नसकेपछि जिल्लाबाट प्रहरी निरीक्षक भरत शाहको नेतृत्वमा एक टोली खटिएपछि उनले सई शर्मालाई नियन्त्रणमा लिएका थिए ।
यता, यसबारेमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक एवम सूचना अधिकारी गोपाल रायमाझीले आफूलाइृ जानकारी नभएको बताए । जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारीको रुपमा रायमाझीले सूचना दिदैं आएपनि उनी यस्ता सूचना दिनबाट पछि हट्ने गरेका छन् । सूचना अधिकारी रायमाझीले आफू ड्यूटीमा भएको र यसबारेमा कुनैपनि जानकारी नभएको बरु एसपीलाई सोध्न सुझाव दिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमूख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले प्रहरी निरीक्षक शाहलाई पठाएको बताएपनि उनले सूचना थप सूचना दिन भने मानेनन् । ‘भरत शाह उनलाई नियन्त्रणमा लिन गएका छन् । उनले के गरिरहेका छन् म बुझ्छु । अनि हजुरलाई फोन गर्छु ।’ एसपी पन्तको गैरजिम्मेवारपूर्ण भनाई यो पहिलो पटक भने होइन । उनले जिल्ला प्रहरी कार्यालयको हिरासतबाट तीन जना फरार हुँदा फोनको न त रेस्पोन्स नै गरे, न त उनले सूचना नै दिन मानेका थिए । उनी सुर्खेतमा बसिरहँदा दिन प्रतिदिन विवादमा मुछिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख पन्तले यो घटनालाई लुकाउन वा ढाकक्षेप गर्न सूचना नदिएको श्रोतको दाबी छ ।