२०७७ कार्तिक ६, बिहीबार

इसाई समाज सुर्खेतद्धारा रकम हस्तान्तरण

सुर्खेत, २ बैशाख ।
इसाई समाज सुर्खेतको आयोजनामा विरेन्द्रनगर नगरपालिका भित्र रहेका मण्डलीहरुबाट संकलित राहत रकम नगरपालिका र गाउँपालिकालाई मंगलबार हस्तान्तरण गरेको छ । सुर्खेत जिल्ला भरिका चर्चहरु बाट जम्मा रु ५ लाख ३० हजार ४०० राहात सङकलन रकम मध्ये राहात कोषमा जम्मा गर्ने क्रममा विरेन्द्रनगर नगरपालिकाको कोषमा रु २ लाख १० हजार ५ सय, पञ्चपूरी नगरपालिकालाई ५१ हजार, चौकने गाउँपालिकालाई पच्चीस हजार, लेकबेशी गाउँपालिकालाई ६८ हजार, बराहाताल गाउँपालिकालाई पचास हजार, भेरीगंगा नगरपालिकालाई साठी हजार, गुर्भाकोट नगरपालिकालाई ६५ हजार ९ सय रुपैंया हस्तान्तरण गरिएको हो ।
वीरेन्द्रनगर उपप्रमुख मोहनमाया भण्डारी (ढकाल) लाई राहत रकम जम्मा गरेको भौचर हस्तान्तरण गरिएको हो ।
इसाई समाज सुर्खेतका अध्यक्ष तथा बेथेल चर्चका पाष्टर रेभ. पा पदम गैरेले उक्त चेक हस्तान्तरण गरेका हुन । इसाई समाजको तर्फ बाट राहत हस्तान्तरण भेटघाटमा इसाई समाज सुर्खेतका अध्यक्ष रेभ.पा पदम गैरे, सह अध्यक्ष पा. नविन दर्लामी, उपाध्यक्ष पा. ज्ञान गुरुङ, उपाध्यक्ष पा. गोमन बस्याल, सचिव रेभ. पा पुर्ण बर्देवा सदस्य पा.शिव परियार र निस्सी एजि चर्च का अगुवा दिल बहादुर चौधरीलगायतको उपस्थिती रहेको थियो ।