२०७७ कार्तिक ६, बिहीबार

सरकारलाई सहयोग गर्न हामी तयार छौंः नेपाल बिमा तथा जोखिम व्यवस्थापन संघ

सुर्खेत, २ बैशाख । नेपाल बिमा तथा जोखिम व्यवस्थापन संघले नयाँ वर्षको अवसरमा एक विज्ञप्ती जारी गर्दै विपदमा नेपाल सरकारर्ला आवश्यक पर्ने सहयोग गर्न तयार रहेको जनाएको छ । कर्णाली प्रदेश सरकारका बीमा विज्ञको रुपमा काम गरिसकेका सुकल्याण पराजुली कोषाध्यक्ष रहेको उक्त संस्थाले सो प्रतिबद्धता जनाएको हो ।
‘मानव सभ्यताको सुरुवाती दिनहरुबाटै धेरै प्रकारका जोखिम र विपद्हरुको सामना गर्दै हामीहरु यहाँ सम्म आई पुगेका छौ, यो अबधीमा मानव जातिले ठुला ठुला प्राकृतीक विपद र मानव सृजित विपद्हरुको सामना मात्र होईन ति माथी बिजय प्राप्तनै गरेको ईतिहाँस हामी सामु छन भलै ति विपद् बिरुद्ध जुद्धा ठुलो मानविय र भौतिक क्षती किन ब्योहर्न नपरोस । मानविय सभ्यता जति बिकसित हुदै जान्छ, जोखिमका स्वरुप र परिणामहरु पनी परिवर्तन हुदै जाने तथ्य हामी बिच छ ।’ अध्यक्ष डा. रविन्द्र घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘कोरोना बिरुद्धको यो मानवजातीको लडाईमा हामी पनी सहभागी हुन पुगेका छौ, आफ्नै प्रकारको लडाई लडिरहेका पनी छौ । । यसको संक्रमणबाट बच्न बन्दाबन्दीनै उपयुक्त देखिएकोले सरकारको यो आव्हानलाई सकारात्मक रुपमा लिई, जिबन रहेमात्र स्वतन्त्रताको उपयोग गर्न पाईन्छ भन्ने तथ्यलाई आत्मसाथ गर्दै सरकारलाई सहयोग गर्नु हामी सबैको दायित्व हो । यसको असर तत्कालको संक्रमणबाट बच्नु मात्र नभएर भोलीका दिनमा नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने पनि हो, तथापी हाम्रो जस्तो अर्थतन्त्रमा यसको कस्तो प्रभाव पर्छ भन्नेमा हतार गर्नु पनी हुदैन । कोरोना कहरको यो चुनौती भित्र नेपाल जस्ता देशका लागी सम्भावना पनी हुन सक्छन ति आगामी दिनमा देखिने छन ।’

कोषाध्याक्ष पराजुलीले विपदको बेलामा सरकारसँग सहकार्य गर्न आफुहरु तयार रहेको बताएका छन् । ‘नेपालमा आउने बेला बेलाका यस्ता जोखिम र विपद्हरुले पनी सरकारलाई पूर्ण रुपमा सजग गराउन सकेको छैन, विपद् व्यवस्थापन र जोखिम न्यूनिकरणमा संसारले धेरै फड्को मार्दा समेत हामी बर्षौ पछाडी छौ भन्नुमा गलत नहोला । देशका केही सक्षम जनशक्ती आज बिदेशी भुमीमा आफ्नो आबिष्कार र अनुसंधानको परिणाम कौडीको भाउमा बिदेशिलाई सुम्पन बाध्य छन भने देशमा रहेकाहरुलाई आवश्यक अनुसंधान र बिकासमा लगाउन सरकारले सकेको छैन ।’
उनले भने, ‘यस कठीन परिस्थितिको मुकाबिला गर्नका लागि सरकारद्धारा स्थापना गरिएको राष्ट्रिय बिपद न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा नीजि पहलमा स्थापना भएका विभिन्न जोखिम व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने संघ संस्थाहरुसंग हातेमालो गरी अघि बढ्नका लागि नेपाल बीमा तथा जोखिम व्यवस्थापन एशोसियसन प्रतिबद्ध रहेको जानकारी समेत गराउदछौ । भविष्यमा आई पर्ने बिभिन्न प्रकारका विपद् र जोखिम बिरुद्ध रणनितीक तयारीका लागी नेपाल सरकारलाई सहयोग गर्न यस एशोसियसन तयार रहेको व्यहोरा पनि जानकारी गराउंदछौं ।’