२०७७ कार्तिक १३, बिहीबार

कर्णालीमा भेटियो कोरोनाका दुइ शंकास्पद केश, पुनः परीक्षणकालागि काठमाडौं पठाइयो

सुर्खेत, ३ बैशाख ।
कर्णाली प्रदेशमा हालसम्म कोरोना नदेखिएको अवस्थामा बुधबार दुइ जना व्यक्तिमा कोरोना संक्रमण भएको आशंका गरि थ्रोव स्वाव टेस्ट पुनः परिक्षणको लागि काठमाडौं पठाइएको स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले नयाँ नेपाललाई जानकारी दिईन । ‘रुकुम पश्चिमका दुइ जना ३६ वर्षीय युवाहरु सहित ३९ जनाको थ्रोव स्वावको बैशाख एक गते नमूना संकलन गरि धनगढीमा पठाएका थियौं । त्यहाँको पीसिआर मेसिनबाट दुइ जनाको नमूनामा शंकास्पद देखिएकोले हामीले थप परिक्षणको लागि काठमाडौं पठाएका छौं ।’ उनले भनिन्, ‘उहाँहरु होम क्वारेन्टाईनमै बस्दै आउनु भएको थियो । उहाँहरु भारतबाट आएको १४ दिन पनि नपुगेको अवस्थामा यस्तो शंका गरिएको हो ।’ उनले कोरोना संक्रमण भएको हो वा होइन भन्ने अन्तिम पुष्टि काठमाडौंबाटै हुने जानकारी दिईन । उनीहरुलाइ चाैरजहारीमा अाइसाेलेसनमा राख्ने तयारी भइरहेकाे बताइएकाे छ । नाम उल्लेख नगर्ने शर्तमा एक स्वास्थ्यकर्मीले धनगढीमा पीसिआर जाँच गर्दा दुवै जनाको नतिजा पोजेटिभ आएका कारण काठमाडौं पठाइएको हो ।