२०७७ मंसिर ११, बिहीबार

नलगाड जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजना वनाउन माग

kkkkभदौ १५ काठमाण्डौ । यहाँको पुर्वी क्षेत्रमा रहेको नलगाड जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न विज्ञ तथा स्थानीयले माग गरेका छन् ।

वुधवार जाजरकोट वाट आएका नलसिंङगाड सरोकार समितीका सदाधिकारी , स्थानिय राजनीतिक दलका नेता तथा काठमाण्डौमा उपलव्ध विज्ञको सहितको टोलीले संयूक्त रुपमा यस्तो माग गरेका हुँन् । हिले सम्म निर्माण भएका जलविद्युत आयोजना मध्ये राम्रो र सस्तो दरमा निर्माण हुँने आयोजनामा परेका कारण भएका नलसिंङगाड जलविद्युत आयोजनालाई सरकारले ध्यान दिन विज्ञ डाक्टर सुरेन्द्र उप्रेतीले वताउनुभयो ।

४ सय १० मेघावाट विद्युत उत्पादनको हुँने भनेपनि १ हजार मेघावाट उत्पादन गर्न सकिने उप्रेतीको भनाई छ । राष्ट्रिय गौरवको आयोजना भनेपनि मन्त्री परिषद्वाट पास गरी राष्ट्रिय योजना आयोगले योजनामा समावेश गर्नुपर्ने व्यवस्था छ । यो विद्युत जाजरकोटको पुर्वी क्षेत्रको खगेनकोट,सक्ला गाविसमा अवस्थित छ ।

सरकारले यो आयोजनालाई खासै ध्यान नदिएको भन्दै नलगाड सरोकार समितीका अध्यक्ष गणेसप्रसाद सिंहले अव छिटो सुन्न अनुरोध पनि गरेका छन् । विकासमा सवै जिल्ला वासी एक जुट हुँन सिंहले आग्रह पनि गर्नुभयो । कार्यक्रममा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले कामलाई गति दिन र वजेटको विषयमा चिन्ता नगर्न आग्रह गर्नुभयो । अहिले आयोजनाको डिपिआरको काम भईरहेकोले यसलाई गति दिन वस्नेतले आग्रह गर्नुभयो । नलगाड लाई निर्माण गर्नका लागी रग्दा गाविमा रहेको ताँसुगाडवाट विद्युत उत्पादन गरिने छ ।

अहिले प्रभावित क्षेत्रमा स्थानियको ७ सय ४२ रोपनी जग्गा अधिग्रहण गरी मुआव्जा वितरण कार्यक्रम भएको वाँकी छिटै गरिने कार्यक्रममा जानकारी गराएको छ । जलासय स्थल सक्लाको वडा नं १ अधेरीखोलामा हावापानी नाँप्ने यन्त्र जडान गरिएको ,पावर हावस देखि ड्याम स्थल सम्मको १०.८६ किलोमिटर सडक मध्य ४ किलोमिटर सडक निर्माण कार्य पुरा भएको छ भने वाकी निर्माण हुँने छ ।

डाक्टर केवि रोकाय,नेपाली काग्रेस जाजरकोट सभापती महेन्द्र शाह , स्थानिय वेदराज सिंह, सभाषद् रिता रावल , नलगाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक मोतीवहादुर कुँवरको सहभागीता रहेको थियो ।