२०७७ कार्तिक ४, मंगलवार

सुर्खेत प्रहरीको ज्यादती कायमै, स्वास्थ्यकर्मीको परिचयपत्र च्यातियो

सुर्खेत, ६ बैशाख ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको ज्यादती विरुद्ध समाचार आइरहेको समयमा सच्चिनुको साटो थप उग्र बनिरहेको पाइएको छ । पत्रिका वितरक प्रकाश आचार्यमाथि निर्घात कुटपिट गरेको, पसल तोडफोड गरेको तथा अभद्र व्यवहार गरिरहेको समाचार बाहिरिरहेको बेलामा वैशाख पाँच गते मंगलगढी चोकमा स्वास्थ्यकर्मीको परिचयपत्र च्यातिएको छ । ‘बिहान १० बजे तिर मंगलगढी चोकमा खटिएका असई लोक बहादुर चन्दद्वारा औषधी ब्यबसायी सुस्मिता फार्मेसीका प्रोपराइटर बालकृष्ण बुढाको नेपाल औषधी ब्यबसायी संघ सुर्खेतद्वारा जारी परिचय पत्रलाई माथिको आदेश छ भन्दै च्यातिएको छ ।’  संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले भने, ‘यस्तो गैर जिम्मेवार हर्कत प्रति संघ घोर आपत्ती प्रकट गर्दछ । साथै असई लोकबहादुर चन्द माथि उचित कारबाही को माग गर्दछौं ।’
कार्ड च्यातेको विषयमा पूर्व अध्यक्ष प्रेमबहादुर भण्डारीले पनि आपत्ति जनाएका छन् । ‘यस बिषम परिस्थितिमा हामी निजी क्षेत्रबाट स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मी र औषधि व्यवसायीहरूको मनोबललाई उच्च बनाई परिचालन गरी आम नागरिकहरूले छिटो छरितो सेवा पाउने बातावरण निर्माण गर्नुको साटो हाम्रो मनोबल गिराउने काम भएको छ ।’ उनले भने, ‘र कामगर्ने बातावरण बिगार्ने यस्ता खालका गलत क्रियाकलाप हरूको जति नै निन्दा गर्दा पनि कमै हुन्छ । तसर्थ यस्ता गÞलत हर्कत हरूका बिरूद्ध आवाजÞ उठाईदिनु हुन र हामिलाई सजिलो गरी काम गर्ने बातावरण निर्माणका लागी आवश्यक पहल गरिदिनुहुन सम्बन्धित सरोकार वाला सम्पूर्ण निकासहरुको ध्यानाकर्षण गराउँदछौ ।’
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले अहिलेसम्म आफुहरुकहाँ जानकारी नआएको बताए । ‘कसले कार्ड च्यातेको हो, किन च्यातेको हो थाहा भएन ।’ प्रहरी निरीक्षक रायमाझीले भने, ‘पीडित व्यक्ति हामीकहाँ आएको खण्डमा आवश्यक छानविन गर्छौं ।’