२०७७ कार्तिक १३, बिहीबार

कोरोनाबाट जोगिन धेरै भन्दा धेरै थ्रोव स्वाव जाँच गरौं, लकडाउनको पालना गरौंः डा पौडेल

शेरबहादुर थापा, सुर्खेत, ६ बैशाख ।
कर्णाली प्रदेश आर्थिक रुपमा सबैभन्दा पछि परेको प्रदेश हो । यहाँका बहुमत प्रतिशत नागरिकहरु कामको खोजीमा भारतमा जाने गरेका छन् । काम गरेर तीन महिना पनि खान नपुग्ने परिवारको संख्या अत्यन्तै धेरै छ । अर्थात कुल जनसंख्याको सात प्रतिशत जनसंख्या सात दिनमा एक दिन भोकै सुत्ने गरेको तथ्यांक बारम्बार विभिन्न निकायले सार्वजनिक गर्ने गरेका छन् । भौगोलिक विकटताले जेलिएको, हालसम्म पनि हुम्लामा सडक नपुगेको यो अवस्थामा यहाँको स्वास्थ्य अवस्था दयनीय नै रहेको छ भन्दा अत्यूक्ति नहोला । कर्णालीको यहि विकटतामा जीवन जिइरहेका नागरिकहरुलाइ बचाउन भन्दै अन्य व्यक्ति कर्णाली भन्दा भागिरहेको अवस्थामा अर्घाखाँचीबाट एक डाक्टर यहाँ आए । अर्घाखाँचीको सन्धीखर्कका ती व्यक्ति हुन डा. के एन पौडेल । अर्थात उनको पुरा नाम खेचरनाथ पौडेल हो । उनलाई खेचरनाथ पौडेल भन्दा धेरै कमले चिन्ने गरेका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा विगत पाँच वर्ष देखि कन्सल्टेन्ट फिजिसियन, मेडिसियन विभागको प्रमुखका रुपमा कार्यरत रहँदै आएका छन् ।
भारतबाट कर्णालीमा हालसम्म कति जना नागरिक फर्किए भन्ने कुराको यकिन तथ्यांक छैन । भारतका विभिन्न शहरमा, गाँउमा हजारौं कर्णालीका नागरिकहरु अलपत्र परेको खबर आइरहेको छ । हजारौं नागरिकहरु पैदल यात्रा गरेरै कर्णालीमा आइसकेका छन् । यसरी हेर्दा कर्णाली कोरोना संक्रमणको उच्च जोखिममा छ । ‘कर्णालीका एक जिल्लाकै नागरिक सदरमुकामसम्म आइपुग्न तीन चार दिन लाग्छ । भौगोलिक विकटताका कारण स्वास्थ्य सेवामा सहज पहुँच नभएको मैले पाएको छु ।’ डा. पौडेलले भने, ‘यस्तो अवस्थामा कोरोना संक्रमणको भयावह अवस्था हामीले कल्पना गर्न पनि सक्दैनौं । अहिलेसम्म नफैलिएका कारण हामी थोरै भएपनि राहत महसुस गरिरहेका छौं ।’
उनीसँग कर्णालीमा कोरोना संक्रमणको खतरा, अन्य अवस्था र स्वास्थ्यकर्मीहरुको भावनाबारेमा इनयाँनेपालले कुराकानी गरेको थियो । सोही कुराकानीको सम्पादित अंश ।
पहिले आँउदा हालको प्रदेश अस्पतालमा विशेषज्ञ धेैरै कम थियौं । म कार्यरत विभाग नै थिएन । अहिले मेरो विभागमा तीन जना विशेषज्ञ कार्यरत रहेका छन् । प्रदेश अस्पतालमा हाल ४५ जना डाक्टर छौं । भौतिक संरचनामा सुधार भएको छ । सेवाहरुमा सुधार भएको छ । विभागहरु पनि धेरै थपिएका छन् । नाक कान घाँटी, मनोरोग विभाग, छाला रोग विभाग स्थापना भएको छ । जनशक्ति र सेवाको हिसाबमा धेरै सुधार भइरहेको छ । यद्यपी गर्नपर्ने कुरा धेरै बाँकी छन् ।
प्रदेश अस्पताल अहिले प्रदेश सरकारको मातहतमा आएको छ । भौतिक संरचना निर्माण र सेवा विस्तारकालागि यो अत्यन्तै राम्रो हो । तर मानव संसाधनको कुरामा संघीय सरकारले परिचालन गर्न सहज हुने भएका कारण अलिकति अलमल रहेको मैले महसुस गरेको छु । ख्यातीप्राप्त जनशक्ति प्रदेश मातहतमा अस्पताल भएको खण्डमा कम हुन्छ कि भन्नेमा शंका लागेको छ । यसकालागि सरकारले चर्चित अस्पतालको रुपमा स्थापित गराउनुका साथै सबै सेवा सुविधा सहितको अस्पताल निर्माण गर्नतर्फ अग्रसर हुन जरुरी छ ।
अहिले हामी सबैको ध्यान कोरोना विरुद्ध केन्द्रित छ । प्रदेश अस्पतालमा हामीसँग ४० वटा आइसोलेसन बेड तयारी अवस्थामा छन् । दुइ वटा भेन्टिलेटर पहिले नै थियो । दुइ अरु भेन्टिलेटर थप भएको छ । आइसोलेसनमा अहिलेसम्म हामीले एक जना पनि राखेका छैनौं । अहिलेसम्म सेनाले निर्माण गरेको क्वारेन्टाईनमा नागरिकहरुलाई राखिएको छ । अन्य जिल्लाको क्वारेन्टाईन व्यवस्थित नभएको गुनासो आएको आएको थियो । तीन मिटर दुरी हुनुपर्ने, एकै वेडमा धेरै व्यक्ति राख्ने गरिएको, त्यति व्यवस्थित नभएको गुनासो अहिले पनि आइरहेको छ ।
यहाँको संसाधनले विगतमा स्वास्थ्य सामान्य भएपनि धेरै नागरिकको चाप थेग्न नसकिने अवस्था थियो । विदेशमा जस्तो हजारौं कोरोनाका विरामी थपिए भने थेग्न सक्ने अवस्था छैन । यस जोखिमबाट जोगिनका लागि लकडाउनकै पालना गर्नुको विकल्प छैन । लकडाउन भनेको कोरोना आइसकेपछि मात्रै पालना गर्ने भन्ने होइन, सुर्खेतमा आएको छैन नि भन्ने कुराले यहाँका नागरिकमा भ्रम गराएको छ । त्यो कुराले खेलको छ । कोरोना देखियो भने एकैचोटी धेरैलाई देखिन्छ त्यसैले यसमा ख्याल गर्नुपर्ने देखिन्छ ।
यस्तो हुनुमा जनचेतनाको कमी पनि हो । अर्को कुरा कर्णालीमा लकडाउन भएको २५ दिनसम्म कोरोना नदेखिएपछि हेल्चेक्रयाई पनि भएको हो कि ? कोरोना विरुद्ध लडने शक्ति पनि छ कि भन्ने भावनाले काम गरिरहेको देखिन्छ कर्णालीमा । दुर्गम स्थानमा प्रचार प्रसारको कमि पनि एक कारण हो जस्तो लाग्छ । कोरोना रोकथामका लागि अन्य विकल्प नै छैन । यसमा लकडाउनको पालना गर्ने, सामाजिक दुरी कायम गर्ने नै हो । यसकालागि पर्याप्त जनचेतनालाई नै अगाडी बढाउनुपर्छ । यसको विकल्प छैन । शंकाको घेरामा नै आइसकेका छौं ।
कर्णालीमा भारतबाट आएका सबै नागरिकको परिक्षण नहुँदा सम्म ढुक्क हुनसक्ने अवस्था छैन । जाँच भएको खण्डमा मात्रै होइन भनेर ढुक्क हुनुपर्ने देखिन्छ । कोरोना १४ दिनमा देखिन्छ भन्ने कुरा विस्तारै झुटो हुँदै गइरहेको छ ।
कर्णालीमा अहिले स्वास्थ्यकर्मीमा सुरक्षाको सामाग्री पर्याप्त मात्रामा छैनन् । स्वास्थ्यकर्मी भयभीत भइरहेको अवस्था छ । थोरै मात्रामा सामाग्री छ । कति दिन धान्न सक्ला भन्ने चिन्ता छ । पिपिई, एन ९५ मास्कहरु पर्याप्त मात्रामा छैनन् ।
भारतबाट जति पनि आएका छन् । २० दिनमा क्वारेन्टाईनमा राख्नुपर्ने थियो । वोर्डरमै राखेर उनीहरुलाई कर्णाली भित्र प्रवेश गराएको भए राम्रो हुन्थ्यो कि ? सिमानामा जाँच गरेर छिराउन पाएको भए राम्रो राम्रो हुन्थ्यो । हामीसँग तीन हप्तामा तयारी कम भएको हो की ? तिन हप्तामा पनि उपकरण ल्याउन सकेका छैनौं ।
अहिलेपनि कोरोना फैलिइसकेको अवस्था छैन । लक्षण नभएको विरामीमा जाँच गरिरहेका छौं । भारतबाट आएका सबै र सम्पर्कमा आएका नागरिकहरुको जाँच गर्न सकेको भए राम्रो हुन्थ्यो । सकेसम्म धेरैको जाँच गरेको खण्डमा, जाँचको दायरा फराकिलो बनाउन आवश्यक छ । चालीस हजार भन्दा बढि नागरिक, अस्पताल पनि केहि तयारी छन् । समाजमा लुकेका केशहरु समयमा पत्ता लगाउन सकेको खण्डमा हामीलाई सजिलो हुन्थ्यो ।
विरामीको चाप धेरै कम भएका कारण चापको अनुभव भएको छैन । विकसित देशलाई अप्ठायारो परेको बेलामा, वैकल्पिक व्यवस्था गर्न पाएको भए राम्रो हुने थियो ।
नीजि स्वास्थ्यकर्मीलाई सरकारी अस्पतालमा, काम नपाएका कमृचारीलाई काममा कसरी ल्याउन सकिन्छ, तथ्यांक नै छैन । काममा नरहेका र नीजि क्षेत्रमा रहेका कर्मचारीलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने योजना भएको भए राम्रो हुन्थ्यो ।
मेरो विचारमा सरकारी कर्मचारी सरह सुविधा दिएको खण्डमा उहाँहरु आउन सक्नुहुन्छ । तलब नीजि क्षेत्रमा काम गर्नेले कम तलब पाइरहेका छन् । उनीहरु सहजै सेव ागर्न आउन्े अवस्था मैले देखेको छु । स्वास्थ्यकर्मीको मनोबल बढाउन सुरक्षा सामाग्री पर्याप्त मात्रामा दिनुपर्छ नदिएको खण्डमा सम्भव नै छैन । बीमाका कुरा पछिल्लो कुरा हो ।
अहिले दैनिक रुपमा फोन धेरै नै आउने गरेको छ । प्रदेश भरिबाट लक्षण भएका, भारतबाट आएकाहरुको व्यवस्थापन गर्न, जनप्रतिनिधि, सञ्चारकर्मी, विरामी, अन्य विरामीहरुले पनि फोन गरिरहनु भएको छ । फोनमा पनि बढि नै व्यस्त रहनुपरेको अवस्था छ । सुरक्षाकर्मी र पत्रकारलाई पनि नियमित रुपमा अपडेट गर्नुपर्ने
जाँचलाई नै प्राथमिकता दिनुपर्छ । लकडाउनलाई सफलता मान्नुपर्छ । कसरी धेरै भन्दा धेरै व्यक्तिको जाँच गर्न सकिन्छ त्यसैमा ध्यान केन्द्रित गर्न आवश्यक छ । र्यापिड टेस्टलाई प्राथमिकता दिन आवश्यक छ । स्थानीय स्वास्थ्यकर्मीको माध्यमबाट जाँच गर्न सकिन्छ । लक्षण भएकाहरुको थ्रोव स्वाव लिउँ, लक्षण नभएकोलाई आरडिटी जाँच गरौं । यसो गर्दा कर्णालीलाई कोरोनाबाट जोगाउन सकिन्छ ।