२०७७ मंसिर २०, शनिबार

तरुण दल सुर्खेत क्षेत्र नं. २ को अध्यक्षमा खत्री निर्वाचित

dorसुर्खेत, भदौ १६ ।
तरुण दल सुर्खेत क्षेत्र नं २ को अध्यक्षमा रुद्र खत्री निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा भिमसेन लामा, सचिवमा नवराज ढकाल, कोषाध्यक्षमा होमबहादुर चपाई निर्वाचित भएका छन ।

यस्तै अन्य १८ जना भने निर्वाचित पदाधिकारीहरुले नै मनोनित गर्ने अध्यक्ष खत्रीले बताए । यस्तै क्षेत्र नं। २ को अधिबेशनले नै डोरप्रसाद शर्मालाई केन्द्रीय प्रतिनिधी र क्षेत्रमणि गिरीलाई जिल्ला कमिटी सदस्यमा निर्वाचित गरेको छ । रतु–१ निवासी खत्री यस अघि भने नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष थिए ।

खत्री युवा नेता समेत हुन । तरुण दलले जिल्ला अधिबेशन नजिकिएपछि क्षेत्रीय अधिबेशन र नगरपालिकाका अधिबेशनहरु सम्पन्न गरेको छ ।