२०७७ कार्तिक ११, मंगलवार

तिलागुफाका ४२ जना क्वारेन्टाइनमा बस्न मानेनन्: संचारकर्मी र प्रहरीलाई थर्काए

 

सुर्खेत ।
कालिकोटको तिलागुफा नगरपालिकाका नागरिकहरू क्वारेन्टाइनमा बस्न मानेका छैनन् । झापाबाट शनिवार साँझ सुर्खेतको सुब्बाकुना आइपुगेका ४२ जनाले क्वारेन्टाइनमा नबसि सिधै कालिकोट जान पाउनुपर्ने भन्दै प्रहरीसामु लफडा गरेका हुन् ।
प्रदेश सरकारले भने बाहिरबाट आएका नागरिकहरू अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।

तर उनिहरूले आफुहरू मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्लाको मान्छे भएको भन्दै क्वारेन्टाइनमा नबसि सिधै कालिकोट जान पाउनुपर्ने माग राखेको स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनिहरू कतिपय मदिरासमेत सेवन गरि प्रहरीलाई समेत थर्काएका हुन् । रिपोर्टिङका लागि पुगेका पत्रकारको मोबाइल र क्यामेरा फुटालिदिने चेतावनीसमेत उनिहरूले दिए । हाम्रो नयाँ नेपाल दैनिकका कार्यकारी सम्पादक शेरबहादुर थापा र नेपाल टेलिभिजनका संवाददाता सुशील खड्कालाई उनिहरूले धम्काएका हुन् ।
उक्त बस उनिहरूको आक्रोशका कारण कालिकोट नै पठाइएको छ ।