२०७७ कार्तिक ४, मंगलवार

चार सय भन्दा बढि यात्रु माथिको आदेश कुर्दै बबईमा परे अलपत्र

सुर्खेत, १६ बैशाख ।
लकडाउन अवधिमा कर्णाली भित्रिनेहरुको संख्यामा भारी वृद्धि भइरहेपछि कोरोना संक्रमण फेलन सक्ने त्रासका कारण आज विहान पाँच बजेदेखि सुर्खेत आउने र सुर्खेतबाट जाने सबै नाका पूर्ण रुपमा बन्द गरिएको छ । तर प्रशासनले कर्णालीमा नागरिक आउन नदिएतापनि सोमबार राती एघार बजेदेखि सयौं नागरिक बबईमा अलपत्र परेका हुन । नयाँ नेपालसँग कुरा गर्दै रमेश खत्रीले प्रदेश पाँचले कर्णाली पठाउन खोज्ने र कर्णाली प्रदेशले पाँच नम्बर तिरै फर्काउने नाउँमा अलपत्र परिरहेको गुनासो गरे ।


‘महिला, बालबालिका छन् । उनीहरु हिजो राती ११ बजे आइपुगेका थिए । करिब १० वटा बसहरुमा आएका नागरिकहरु अलपत्र परिरहेका छन् ।’ उनले भने, ‘न खाना न पानी, घामले हामीलाई पोलिसक्यो । यहाँ खटिएका प्रहरीले माथिको आदेश नआएका कारण कर्णाली जान नमिल्ने भनेका छन् । कहिले आउला त्यो आदेश, जसले हामी सजिलै कर्णाली प्रवेश गर्न सकौं ।’