२०७७ कार्तिक ११, मंगलवार

कर्णाली सरकार बाँडदै कृषिजन्य सामाग्री

सुर्खेत, २३ बैशाख ।
कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानहरुलाई कृषि सामाग्री वितरण गरेको छ । सुर्खेत गुर्वाकोट नगरपालिका र भेरीगंगा नगरपालिका अन्तरगत १ सहकारी र ४ समुहलाई गरि ४ स्थानमा हाते ट्रयाक्टर र ग्रिन हावसका लागि आवश्यक साम्रागीका साथै विउ हस्तान्तरण गरिएको हो । भेरीगंगाको हर्रेमा २ वटा समुहलाई हस्तान्तरण कार्यक्रम गरिएको छ भने मेहलकुनामा पवित्र सहकारीलाई २९ वटा हाते ट्रयाक्टर हस्तान्तरण गरिएको मन्त्री विमला केसीले जानकारी दिईन । वोटेचौरमा ५ वटा हाते ट्रयाक्टर, थगलेनीमा ६ वटा ट्रयाक्टर, हस्तान्तरण गरिएको हो । ‘सामाजिक दुरी कायम गर्दै ट्याक्टर बाँडेका हौं । अन्य वीउ विजन पनि वितरण गरिएको हो् ।’ उनले भनिन्, ‘कृषिमा आत्मनिर्भर बनाउन र उत्पादन बढाउन हामीले यो कार्यक्रम गरेका हों ।’ क्रमश अन्य जिल्लामा पनि सामाग्री वितरण गरिने मन्त्री केसीको भनाई थियो ।