२०७७ कार्तिक ६, बिहीबार

कोभिडलाई मध्यनजर गरेर बजेट ल्याइने

सुर्खेत, २३ बैशाख ।
अन्तरसरकारी वित्त परिषदको पाँचौ बैठक सम्पन्न भएको छ । संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडासहित सातै प्रदेशका अर्थमन्त्रीहरुको बैठक बसेको कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले बताए । ‘कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असर बारे छलफल भएको हो । भाइरसबाट परेको आर्थिक समस्या र समाधानका लागि बजेटका सम्वन्धमा छलफल भएको हो । कोभिडलाई मध्यनजर गरेर बजेट ल्याउनु पर्ने छ । अर्थतन्त्रमा असर पारेको, स्वास्थ्य क्षेत्रमा प्रदेश र जिल्ला अस्पताललाई पर्याप्त मात्रामा सशर्त छुटयाउनु पर्ने विषयमा कुराकानी भएको हो । स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकता दिने, रोजगार विशेष कार्यक्रम ल्याउनु पर्ने सुझाव दिएका छौं ।’ मन्त्री ज्वालाले भने, ‘विशेष अनुदानको बजेट कर्णाली, सुदुरपश्चिम र दुइ नम्बरमा धेरै बजेट दिनुपर्ने माग गरेका छौं ।’ मन्त्री ज्वालाले विकासको बाधकको रुपमा रहेको सार्वजनिक खरिद ऐन संशोधन गर्ने तयारी अघि बढेको कुरा अर्थमन्त्री डा. खतिवडाले बताएको जानकारी दिए । बजेटमा कर्णालीलाई प्राथमिकता दिने बचन दिनुभएको उनको भनाई थियो ।