२०७७ कार्तिक ९, आईतवार

कर्णालीमा कोरोना संक्रमण थाहा पाउन पोलिङ टेष्ट गरिदैं, १५ दिनमा दश हजार परिक्षण गरिने

सुर्खेत, ३१ बैशाख ।
कोरोना कोभिड १९ संक्रमण नदेखिएको नेपालको एक मात्र प्रदेश कर्णालीमा कोरोना जाँचको नयाा विधि अवलम्बन गरिने भएको छ । भारतबाट हजारौं नागरिक कर्णाली भित्रिए पनि पीसिआर जाँच गर्न नसकेका कारण कर्णालीमा कोरोना नदेखिएकोृ आरोप सरकारमाथि लागिरहेको बेलामा प्रदेश सरकारले कर्णालीका दश हजार नागरिकको स्वाव परिक्षण गर्ने तयारी गरेको हो । प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कम्तिमा प्रति वडा एक सय जनाको स्वाव परिक्षण गर्ने योजनाका साथ अहिले स्वास्थ्यकर्मी हरेक पालिकामा परिचालन गरेको बताए । ‘प्रदेशका ७९ वटै पालिकामा स्वास्थ्यकर्मी खटाएका छौं । उहाँहरुले स्थानीय स्वास्थ्यकर्मीलाई नूमना संकलन गर्ने तरिका सिकाइरहनु भएको छ ।’ मन्त्री रावलले भने, ‘प्रति वडा कम्तिमा एक सय जनाको सवाव संकलन गर्ने गरि हामी अघि बढेका छौं । आगामी १५ दिन भित्र दश हजार नागरिकको पीसिआर जाँच गर्नेछौं ।’
मन्त्री रावलले कर्णालीका दुइ स्थानमा स्वाव जाँच गरिने बताए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले माथिल्लो भेगका स्वाव जाँच गर्नेछ भने प्रदेश अस्पताल सुर्खेतले तल्लो अर्थात पहाडी क्षेत्रमा संकलन गरिएका स्वावको परिक्षण गर्नेछ ।’ कर्णालीलाई कोरोना ग्रिन जोन बनाईराख्न तीव्र परिक्षण गर्ने तयारीमा लागेको बताउँदै मन्त्री रावलले भने, ‘प्रति दश जनाको सवाव एकै भाँडोमा राखने र पोलि«ङ जाँच गर्ने गरि योजना बनाएका छौं । दश जनामा नेगेटिभ देखिए राम्रै भयो । पोजेटिभ देखिएको खण्डमा ती दशै जनाको स्वाव अलग अलग जाँच गरेर कोरोना पत्ता लगाउनेछौं । यसले हाम्रो धेरै समय र सामाग्री बचत हुने र कोरोना पत्ता लगाउन सजिलो हुने हामीले अपेक्षा गरेका छौं ।’
मन्त्री रावलले आफूले दशै जिल्ला अस्पतालमा पुगेर स्वास्थ्यकर्मीको हौसला बढाइरहेको बताए । ‘कोरोना विरुद्धको लडाईमा कोही पनि स्वास्थ्यकर्मीको मनोबलमा कमी नआओस भनेर हात जोडदै हरेक अस्पतालमा पुगेको छु । मेरो उदेश्य सकेसम्म कर्णालीमा कोरोना नआओस, आइ हाले कर्णालीका स्वास्थ्यकर्मीले सहजै सामाना गर्न सकुन भन्ने हो ।’ मन्त्री रावलले भने, ‘यसका अलावा स्वास्थ्यकर्मीलाई शत प्रतिशत प्रोत्साहन रकम दिइसकेका छौं । उहाँहरुलाई आवश्यक पर्ने सबै सामाग्री उपलब्ध गराइसकेका छौं ।’
मन्त्री रावलले आगामी वर्षको बजेट स्वास्थ्य संस्थालाई बलियो बनाउने र कर्णालीका कोही पनि नागरिक रोगका कारण अकालमा ज्यान गुमाउन नपर्ने संरचना बनाउन ल्याईने बताए । ‘कर्णाली सबैभन्दा पछि पर्नुको मुख्य कारण स्वास्थ्य सेवामा सहज पहुँच नहुनु नै हो ।’ उनले भने, ‘अहिले डाक्टरको मुहार नै नदेखेका नागरिक बस्ने दुर्गम क्षेत्रमा डाक्टर पु¥याउन सफल भएका छौं । जिल्ला सदरमुकाम देखि चार पाँच दिन पैदल यात्रा गर्नुपर्ने अवस्थामा रहेका गाउँमा डाक्टर पुगेका छन् । अब त्यहाँका स्वास्थ्य संस्थालाई आवश्यक भौतिक पूर्वाधारको विकास गर्न आवश्यक छ । त्यसैमा आगामी आर्थिक वर्षको बजेट केन्द्रीत हुनेछ ।’
मन्त्री रावलले कोरोनाबाट जोगिन सरकार एक्लैको प्रयास प्रयाप्त नहुने बताउँदै सरकारको अभियानमा सबैले सकारात्मक सहयोग गर्नेमा आफुहरु आशावादी भएको बताए ।