२०७७ कार्तिक ४, मंगलवार

नागरिक संस्थाहरुको भूमिका बढाउन सरकारसँग माग, राहत वितरण प्रभावकारी बनाउन अनुरोध

सुर्खेत, ३१ बैशाख ।
सुर्खेतमा क्रियाशील नागरिक समाज संस्थाहरुले कोरोना विरुद्धको लडाईमा नागरिक संस्थाहरुको भूमिका बढाउन माग गरेको छ । बुधबार प्रदेश सरकार जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई ज्ञापन पत्र बुझाएर उक्त माग राखिएको गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले जानकारी दिए । ‘नागरिक समाज संस्थाहरुको भूमिकालाई बढाउन प्रेरित गर्नुपर्ने, स्वतन्त्र नागरिक समाज संस्थाहरुबाट स्थानीय तथा जिल्लास्तरमा निर्माण भएका क्वारेनटाइनको प्रत्यक्ष अनुगमन गर्न र पृष्ठपोषणका लागि अनुमती दिनुपर्ने राहत वितरणलाई प्रभावकारी गराउने र वास्तविक मजदुर गरीव विपन्नहरुलाई मात्र वितरण गर्नुपर्ने, प्रदेश बाहिर तथा देश बाहिरबाट आउने नागरिकहरुलाई अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने माग गरेका छौं ।’ उनले भने, ‘क्वारेनटाइनमा बसेका नागरिकहरुको अनिवार्य आरडिटी चेक अप गर्नुपर्ने र आवश्यकता अनुसार पीसिआर जाँच पनि गर्नुपर्ने, आ.व.२०७७। ०७८ को योजना तर्जुमा प्रक्रिया तथा नीति तथा कार्यक्रममा, विपद न्यूनीकरण तथा व्यवस्थापन, स्वास्थ्य,कृषि, शिक्षालाई जोड दिनुपर्ने, कोभिड १९ पश्चात कसरी अगाडि बढ्ने भनी रणनीतिक योजना निर्माण गर्नुपर्ने माग गरेका छौं ।’ उनका अनुसार विपद सम्वन्धी नीति निर्देशिकाहरुको पुर्णरुपले पालना गर्नुपर्ने, कृषि पशु सम्वन्धी मल वीऊको उपलव्धतालाई सहज बनाउनुपर्ने र अत्यावश्किय सेवाको सहज उपलव्धता हुनुपर्ने, पालिकास्तमा विपद जोखिम व्यवस्थापन योजना निर्माण गरी स्थानीय विपद व्यवस्थापन समितिलाई सकृय गराउनुपर्ने, बजारको प्रभावकारी अनुगमन तथा कृतिम अभाव,महंगी नियन्त्रणमा ध्यान दिनुपर्ने, परिक्षा दिन बाँकी रहेको बालबालिकाहरुको मनोवैज्ञानीक बोझलाई अन्त्य गरी त्यसको निकासको लागि पहल गर्नु पर्ने माग गरेको अध्यक्ष केसीले जानकारी दिए ।