२०७७ माघ ७, बुधबार

मन्त्रीबन्ने चर्चमा सुर्खेती सांसद सिता नेपाली

11666311_664893973611968_3240695849424302277_nनेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै भावि बन्ने सरकारको स्वरुपबारे कांग्रेस र माओवादी केन्द्रले औपचारीक निर्णय भने गरेका छैनन् । तर पनि आन्तरीक रुपमा अनौपचारीक छलफल दुबै पार्टीले गरिरहेका छन् ।

अनौपचारीक छलफल हुँदा कांग्रेस र माओवादीबाट भावी बन्ने सरकारको मन्त्रीमण्डलमा को कोलाई मन्त्री बनाउने भन्नेबारे छलफल चलिरहेको दुवै पार्टी श्रोतले जनाएको छ । यहाँ माओवादी केन्द्रबाट मन्त्री बन्ने चर्चामा रहेकी सिता नेपालीको कुरा गर्न खोजिएको छ । माओवादी केन्द्रले भावि दिनमा बन्ने मन्त्रीमण्डलमा सीता नेपालीको नाम छुटाएको छैन ।

समाबेशी र समानुपातिक आधारमा सरकारमा पठाउने र पहिले मन्त्री बनेकालाई फेरि नदोहोर्याउने योजना माओवादी केन्द्रको छ । यो योजना अनुसार सुर्खेतकी सिता नेपाली भावि बन्ने मन्त्रीमण्डलको एक सदस्य हुने निश्चित जस्तै छ ।

को हुन् सीता नेपाली ?

सीता नेपाली नेकपा माओवादी केन्द्रको सुर्खेतबाट समानुपातिक कोटामा २०७० को माघ ८ गते सांसद बनेकी हुन् । अहिले उनी नेकपा माओवादी केन्द्रको संसदीय दलको सचेतक समेत छन् । बुवा लोकबहादुर नेपाली र आमा सोविसरा नेपालीको कोखबाट वि।सं २०३१ साल माघ १७ गते सुर्खेत बिरेन्द्रनगर नगरपालीका –७ इत्राममा जन्मेकी सीता नेपालीले राजनीतिक शास्त्रमा स्नातक सम्मको अध्ययन गरेकी छन् ।

२०६४ सालको पहिलो पटक भएको संबिधान सभाको निर्बाचनमा सुर्खेत क्षेत्र नं। २ बाट तत्कालीन नेकपा माओवादीबाट उम्मेद्वार बनेकी नेपाली निर्बाचनमा भने पराजीत भएकी थिईन् । उनले त्यसबेला १४ हजार ४ सय मत प्राप्त गरेपनि यो मत जितका लागी प्रयाप्त भएन । अहिले भने माओवादी केन्द्रमा वेटिङ मन्त्रीको रुपमा उनको चर्चा चलिरहेको छ । जाम्बिया र भारत भ्रमण समेत गरेकी नेपालीले सुर्खेतका रामप्रसाद चपाईसंग अन्तरजातीय बिवाह गरेकी छन् ।

राजनीतिक अनुभव

सीता नेपालीसंग लामो राजनीतिक अनुभव छ । २०४७ सालमा नेपालमा बहुदलीय व्यवस्था आएपछि उनलाई राजनीतिमा लाग्ने इच्छा जागेको हो । त्यतिबेला कांग्रेस र कम्युनिष्टमा कुन राम्रो भन्ने चर्चा हुँदा कम्युनिष्टले समाजमा भएको अन्याय , उत्पीडन , भेदभाव अन्त्य गर्छ भन्ने थाहा पाएपछि उनलाई कम्युनिष्ट बन्ने रहर जाग्यो । त्यसपछि उनी पातलो मसाल निकट अनेरास्ववियु ९छैंटौं० मा आबद्ध भईन् ।

०४७ मा अनेरास्ववियु ९छैंटौ० बाट आफ्नो राजनीतिक यात्रा थालेकी नेपालीले २०५१ मा पार्टीको सदस्यता प्राप्त गरिन् । मसालले क्रान्तिको कुरामात्र गर्ने तर क्रान्ति गर्ने बेला भएको छैन भन्न थालेपछि उनले २०५५ सालमा मसालबाट संगठित बिद्रोह गरिन् र तत्कालीन नेकपा माओवादीले संचालन गरेको जनयुद्धमा सामेल भइन् ।

२०५६ सालको कार्तिकमा भूमिगत हुँदा उनले डेढ बर्षको दुधे बालखलाई घरमै छोड्नु परेको थियो । भुमिगत पश्चात उनले सुर्खेतको उत्तरपूर्वी बेल्ट चिङगाडको एरिया सदस्यको जिम्मेवारी निर्बाह गरिन् । माओवादीको महिला संगठनमा उनी अनेमसंघ क्रान्तिकारीको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष, अध्यक्ष , भेक संयोजक हुँदै केन्द्रिय सदस्यसम्म पुगिन् ।

पार्टी संगठन तर्फ उनले २०५७ को चैतमा एरिया सेक्रेटरी हुँदै वैशाखमा जिल्ला पार्टी सदस्यको भूमिका निर्बाह गरिन् । २०६४ को शुरुमै जिल्ला सेक्रेटरी भएकी नेपाली २०६६ मा सुर्खेत जिल्लाको इन्चार्ज हुँदै २०६९ मा तत्कालीन एमाओवादीको केन्द्रिय सदस्यमा निर्बाचीत भएकी हुन् । अहिले पनि उनी माओवादी केन्द्रको केन्द्रीय महाधिबेशन आयोजक समितिको सदस्य छन् । यसरी माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएकी सीता नेपाली अहिले मन्त्री बन्ने आशामा छिन् । उनको यो आशा यतिबेला झन् बढेको छ ।

प्रस्तुत छ उनीसंग गरिएको संक्षिप्त कुराकानीकोsita nepali 2 संपादित अंश

तपाईको मन्त्री बन्ने चर्चा छ रु तपाईलाई पार्टीले मन्त्री बनाउँला ?

पार्टीले मलाई सायद मन्त्री बनाउँछ भन्ने विश्वास छ । किनभने नयाँ बन्ने मन्त्रीमण्डलमा पार्टीले समावेशी आधारमा मन्त्रीहरु बनाउने तयारी गरेको छ । त्यसकारण म महिला पनि र दलित पनि भएका नाताले मलाई मन्त्री बनाउँछ भन्ने लागेको छ र यसमा म बिश्वस्त छु ।

कुन मन्त्रालय पाउँदा चलाउँला भन्ने लागेको छ तपाईलाई ?

मन्त्री बन्ने कुरा त पार्टीले निर्णय गर्ने कुरा हो । मैले आफै निर्णय गर्ने कुरा होइन । तरपनि संबिधानतः हामी सांसद सबै मन्त्री बन्न योग्य छौं,तर यो पार्टीले निर्णय गर्नुपर्ने हुन्छ । पार्टीले जुन मन्त्रालयको जिम्मेवारी दिन्छ , त्यो मन्त्रालय चलाउन सक्छु । अहिले म कृषी तथा जलश्रोत समितिको एउटा सदस्य हो । त्यो अनुसार मलाई त्यो संग सम्बन्धित मन्त्रालयको ज्ञान अलिबढी छ । त्यो संग सम्बन्धित मन्त्रालयको जिम्मा दिए अझ बढी सजिलो हुन्छ । कृषी, सिंचाई, भूमिसुधार , ऊर्जा, पशुपंक्षी बिकास मन्त्रालय म रहेको समितिभित्र पर्छ । ती भित्र रहेर एउटा भएपनि हुन्छ । त्यो भन्दा बाहेक महिलाबालबालीका लगायतका मन्त्रालयपनि छन् । त्यो जुनसुकै भएपनि संचालन गर्न नसकिने भन्ने कुरा भएन ।

तपाईको अगाडी मन्त्री बन्ने अबसर कसरी आयो ?

म लामो संघर्षबाट आएको मान्छे हो । मैले २०५६ मा माओवादी जनयुद्धमा भाग लिएँ । थुप्रै संघर्ष गरे । अहिले मसंगैका साथीहरुले यस्तो अबसर पाईरहेका बेला म पनि यस्तो अबसर पाउने अबश्थामा पुगेकी हुँ । मेरो क्षमता र योग्यताले म यो अबसर पाउन लायक छु भन्ने मलाई लाग्छ ।

माओवादी जनयुद्धमा हुँदा सांसद बनुला , मन्त्री बनुँला भनेर आशा थियो ?

अहँ यस्तो त कुनै थिएन । पहिलो कुरा त म मन्त्री बन्ने त कुरै छोडौं सांसद बनुँला , अर्थात् पार्टीले यस्तो बाटो लेला र हामीले यस्तो अबसर पाउँला भन्ने कुरै हुन्थेन । किनभने म पहिले कम्युनिष्ट पार्टीको सदस्य थिएँ । त्यतिखेर यति धेरै परसम्मको कल्पना गरेको थिएँन । तर मैले यतिमात्रै सोचेकी थिएँ कि म दलित हो , महिला हो । दलित र त्यसमा पनि महिला भएका नाताले दलित र महिलामाथि जुन प्रकारको भेदभाव थियो , त्यसको अन्त्य हुन जरुरी छ ।

त्यसको लागी माओवादीले संचालन गरेको जनयुद्धले यसको समाधान गर्छ भनेर हिडेको मान्छे हो । त्यस्तै जातिय छुवाछुत हाम्रो समाजमा व्याप्त बिकृति हो , यो पनि अन्त्य गर्नुपर्छ भन्ने मात्र थियो । त्यसप्रकारको भेदभाव र अन्याय बिरुद्ध संघर्ष गर्नुपर्छ ।

त्यसका लागी एकमात्र विकल्प माओवादी जनयुद्ध हो भन्ने थियो र म जनयुद्धमा लागे । माओवादी पार्टीमा पूर्णकालीन् हुँदा यसरी अब सांसद बनुँला , फेरी मन्त्रीको अबसर पनि आउँला भन्ने मैले कहिल्यै सोचिन । दिमागमा यो कहिल्यै आउँथेन । त्यतिबेला जुनसुकै बेला पनि मर्न सकिन्छ भन्ने हुन्थ्यो । त्यसैले त्यतिबेला कि मृत्यु कि मुक्ति भन्ने मात्र हुन्थ्यो । अरु मन्त्री बन्ने कुरै आउँथेन ।1559499_663053277111062_3314286375014894353_o

अहिले अबसर आउँदा कस्तो अनुभूति हुन्छ त ?

मुख्य गरेर पार्टी शान्तिपूर्ण राजनीतिमा आईसकेपछि परिबर्तित परिस्थिति अनुरुप पार्टी संसदीय प्रक्रियामा जाने स्थिति बन्यो । त्यसपछि ०६४ सालको संविधान सभाको निर्बाचनमा मैले हारेपनि पार्टीले फेरी ०७० सालको निर्बाचनपछि समानुपातिकबाट सभासद बनायो । मलाई अबसर दियो । यो अबसर पाएपछि मैले पनि संविधान सभामा संविधान बनाउन आफ्नो ठाउँबाट भूमिका खेले र यो भूमिकाले नै मलाई अहिले यो अबसरको नजीक पुर्यायो भन्ने लागेको छ । म जुन जिम्मेवारीमा रहेर भूमिका खेलीरहेको छु यसमा पार्टीले पनि उचित मुल्यांकन गरेर मलाई फेरी अर्को महत्वपुर्ण जिम्मेवारी दिन्छ भन्ने सोचेकि छु । मलाई संघर्ष गरेमा मान्छेले हरेक अबसरमा पुग्न सक्छ भन्ने अनुभूति हुन्छ ।

सभासद् हुँदा तपाईको संविधान निर्माणमा कस्तो भूमिका रह्यो ?

सभासद हुँदा खेरी संविधान सभामा मस्यौदा समिति थियो र मस्यौदा समितिभित्र पनि कार्यदल थियो । त्यो कार्यदलको आमन्त्रीत सदयसम्म बन्ने एउटा अवसर पनि मैले पाएँ । त्यो अबसर पाउँदा खेरी हामीले अघिल्लो संविधान सभामा तयार गरेको जुन प्रतिबेदन थियो , त्यो प्रतिबेदनहरु निक्र्यौल समिति हुँदै सदनमा आएर त्यसपछि मस्यौदा समितिमा आएको थियो ।

सहमति भएका कुराहरु संवाद समिति हुँदै मस्यौदा समितिमा आएका थिए । ती आएका बिषयहरु हामीले व्यापक रुप्पमा छलफल गर्ने , बहस गर्ने र त्यो बिषयमा चाहि अब लिपिबद्ध गर्ने काम चाहिँ मुख्य गरेर मस्यौंदा समितिमा रहेर संविधान निर्माणको काममा चाहिं मैले महत्वपूर्ण भूमिका खेंले ।

सुर्खेती जनताको लागी के गर्नुभयो ?

संबिधान निर्माणका लागी हामी सभासद् भएका कारण सुर्खेतका लागी मात्र भन्ने कुरा भएन । समग्र नेपाल र नेपाली जनताको लागी संविधान निर्माण गर्ने काम गरियो । त्यो भनेको संविधान निर्माण गर्नुथियो । त्यो पुरा भयो । तर सुर्खेतको लागी केही विकास निर्माणका कामहरु पनि गरियो । मुख्य रुपमा संविधान निर्माण गर्दैगर्दा त्यो क्षेत्र एक उत्पीडित क्षेत्र थियो ।त्यो क्षेत्रको एउटा पहिचान थियो । देश पहिचान सहीतको संघिय संरचनामा जाँदा सुर्खेत एउटा छुट्टै क्षेत्रको केन्द्रभाग बन्नुपर्छ भन्ने थियो ।

त्यो शुरुमा नभएपछि हामीले केन्द्रबाट शिर्ष नेताहरुलाई त्यहाँको बारेमा स्पष्ट भन्यौं । पहिले सुदुरपश्चिमसंग जोडेर ६ प्रदेशमात्र बनाईएको थियो । त्यसपछि त्यो क्षेत्रमा जनताले गरेको आन्दोलन र हाम्रो प्रयासले भेरी कर्णालीको एक छुट्टै प्रदेश बन्ने स्थिति बन्यो र यसको निम्ती मैले त्यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदको हैसीयतले नेतृत्व तहमा दबाब दिए । यसले खस भाषा र जातिको पहिचान झल्किने गरी प्रदेशको निर्माण भएको छ र त्यो क्षेत्रका जनताहरुको छुट्टै मौलीकता सहितको पहिचान स्थापित भएको छ ।