२०७७ कार्तिक ११, मंगलवार

केड नेपालको सहयोगमा सिम्तामा राहत वितरण

सुर्खेत, ५ जेठ ।
महिला किसोरी तथा बालबालिका कार्यक्रम अन्र्तगत केड नेपालको सहयोगमा सोमबार सिम्तामा विपन्न अभिभावकहरुलाई राहत खाद्यान्न वितरण गरिएको छ । केड नेपालको सहयोग, वाइजिजिपी संस्थाको समन्वयमा सिम्ताको राकममा रहेको बागेश्वरी माध्यमिक विद्यालयका एक सय जना विद्यार्थीका अभिभावकलाई राहत वितरण गरिएको गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले जानकारी दिए । उनका अनुसार प्रति अभिभावक २५ केजी चामल, तीन केजी दाल दुइ केजी नुन, साढे एक लिटर तेल वितरण गरिएको हो ।