२०७७ कार्तिक १४, शुक्रबार

आठबीस नगरपालिका दैलेखको वडा नं. एक भयो सील, पिसिआर रिर्पोटको प्रतिक्षामा नगरपालिका

सुर्खेत, ५ जेठ ।
दैलेख जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका वडा नं. एक लाई सील गरिएको छ । भारतबाट जेठ १ गते ३९ जना वडा नं. एक को लक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा बसिरहेका बेलामा एक जनामा कोरोना संक्रमणको आशंका गरिएको भन्दै वडा नै सील गर्ने निर्णय भएको नगर प्मुख खड्गराज उपाध्यायले बताए । ‘यस आठबीस नगरपालिका वडा नं. एक लक्ष्मी माविको भवनमा रहेको क्वारेन्टाईनमा रहेका ३९ जना व्यक्तिको पिसिआर परिक्षणका लागि स्वाव पठाइएको हुँदा ति व्यक्तिहरुको पिसिआर रिर्पोट नआउँदा सम्म वडा नं. एक सात्तालालाई पूर्ण रुपमा सील गर्ने निर्णय गरिएको छ ।’ उनले भने, ‘अन्य सथानबाट आउने र संक्रमित स्थानबाट आएका सबै नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्नेृ निर्णय भएको छ ।’


प्रदेश अस्पताल कालागाउँमा कोरोना पोजेटिभ देखिएका ४५ वर्षीय युवाको स्वाव भेरी अस्पताल नेपालगञ्जमा पुर्नजाँच भइरहेको छ । राती एघार बजेसम्म उक्त रिर्पोट आइसक्ने भेरी अञ्चल श्रोतले बताएको छ ।