२०७७ मंसिर २०, शनिबार

मेरै कार्यकालमा आन्तरिक र बाह्य दुवै उडानका लागि १८ वटा जहाज किन्ने गुरूयोजना छ : मन्त्री शाही

jiban shahiकाठमाडौं, १६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्र्तराष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले भने,‘नेपालको पर्यटन क्षेत्रको विकासको लागि अहिले विमानको आवश्यकत्ता छ, मेरै कार्यकालमा अन्र्तराष्ट्रिय उडानको लागि ५÷६ वटा बोयिङ अथवा एयरवस र आन्तरिक उडानको लागि १०÷१२ वटा विमान ल्याउने योजना बनाएको छु, त्यसको लागि गृहकार्य सुरु गर्छु, यसमा पत्रकारहरुको साथ र सहयोग चाहिन्छ, विमान किन्न म पछि हट्दिन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री शाहीले स्वदेशमा जहाज भित्र्याएमात्रै पर्यटन क्षेत्रको विकास हुने बताएका हुन् । उनले भने,‘विगतमा जहाज ल्याउने तयारी गर्दा सँधैभरि मुद्दा हाल्ने, झगडा गर्ने र कानुनी बाधा अड्चन थियो, अब त्यो नहोस भन्ने म चाहन्छुृ, यसमा सबैको सहयोग चाहिन्छ, पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि हामीले फराकिलो मनले सोच्नुपर्छ, पर्यटन क्षेत्रको विकास भयो भने मात्रै मुलुक समृद्ध हुन्छ ।’

उनले भने,‘सबैको साथ सहयोग आवश्यक छ, मेरो कार्यकाल अब ८ महिनामात्रै बाँकी छ, यो वीचमा सबैको साथ सहयोग रह्यो र कानुनी अवरोध भएन भने हामी जहाज किन्ने योजनामा सफल हुन्छौं, पैसा तत्काल तिर्नुपर्दैन, सरकार जमानी बस्छ र जहाज खरिद गरेर ल्याउँछौं ।”
उनले हाल वर्षमा ५०÷६० अर्व रकम अरु एयरलाइन्सलाई बुझाउनुपर्ने नेपालको बाध्यता रहेको उल्लेख गर्दै आफ्नै अन्र्तराष्ट्रिय उडानको लागि जहाज भए उक्त रकम स्देशी पुँजीको रुपमा रहने विश्वास व्यक्त गरे । मन्त्री शाहीले स्वदेशी उडानलाई सेवामुलक र विदेशी उडानलाई डलर आम्दानी गर्ने व्यवसायिक माध्यमको रुपमा विकास गरेमात्र पर्यटनको विकासबाट मुलुक समृद्ध हुने स्पष्ट पारे ।

उनले भूकम्पबाट क्षति भएको सम्पदाको पुर्ननिर्माणको लागि लाग्ने खर्च योजनासहित एक महिनाभित्र मन्त्रालयमा बुझाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको बताए । उनले अघि थपे,‘पर्यटन सम्पदाहरु तत्काल बनाउनुपर्छ, भुकम्पबाट क्षति भएका सम्पदाहरुको पूर्ननिर्माण धिमा गतिमा भैरहेको छ, मैले सम्बन्धित सबै निकायहरुलाई एक महिनाभित्र कार्ययोजना ल्याउन निर्देशन दिईसकेको छु, उहाँहरुबाट कार्ययोजना आएपछि म सम्पदाहरुको पुर्ननिर्माणको योजना सार्वजनिक गरेर पूर्ननिर्माणको कार्यलाई तिव्रता दिन्छु ।’

उनले मुलुक संघीयतामा गैसकेकोले ७ वटै प्रदेशको पर्यटन विकासको गुरुयोजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिईसकेको समेत जनाए । उनले अघि थपे,‘कुन प्रदेशमा कस्ता–कस्ता विमानस्थल बनाउनुपर्छ, पर्यटन विकासको लागि कस्तो पूर्वाधार चाहिन्छ, सम्भावनाहरु के के छन भनेर मैले रिपोर्ट माँगेको छु ।’

मन्त्री शाहीले पोखरा, निजगढ, भैरहवा लगायतका विमानस्थल निर्माण गर्ने कार्यलाई तिव्रताका साथ अगाडि बढाउने भन्दै कुन ठाउँमा के कति काम भैरहेको छ भनेर मुल्यांकन गर्नको लागि दैनिक प्रगति विवरण वेभसाईट मार्फत सार्वजनिक गर्न निर्देशन दिएको जनाए । त्यस्तै उनले २८ वर्षदेखि निर्माणाधिन कालिकोटको कोटवाडा विमानस्थल आफ्नै कार्यकालमा उडान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मुलुकको एकमात्रै अन्र्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सरसफाई र शौचालयको सरसफाई, फोहोरको व्यवस्थापन, ट्याक्सीको समस्या समाधान गर्नको लागि आफूले निर्देशन दिईसकेको स्पष्ट पारे । उनले अघि थपे,‘अहिले धमाधम काम भैरहेको छु, म पूनः अनुगमनको लागि जान्छु ।’ उनले विमानस्थलमा कसैले फोहोर गरेमा पाँच हजार जरिवना गर्नेबारेमा तयारी भैरहेको समेत जनाए । उनले आफू पनि अनियमितता र भ्रष्टाचार नगर्ने र अरु कसैले गरेको थाहा पाए त्यसलाई नछोड्ने र कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफ्नो कार्यकालमा नेपालको हवाई उड्डयन क्षेत्रलाई ब्याकलिष्टबाट हटाउने विश्वास व्यक्त गरे । उनले भने,‘व्ल्याकलिष्टबाट हटाएर नेपाली उड्डयन क्षेत्र पनि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्छु, यसमा साथ सहयोग आवश्यक छ, केही दिनभित्रै नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित भएको प्रमाणित गर्छु र व्ल्याकलिष्टबाट हटाआएर अन्र्तराष्ट्रिय क्षेत्रमा विश्वसनीयता बढाउँछु ।’

चाईनिज जहाजहरुको कारण नेपाल बायु सेवा निगम धराशयी बनेको छ भन्ने हल्ला छ नि भन्ने पत्रकारको जिज्ञासामा मन्त्री शाहीले भने,‘जहाज खरिद गर्ने कुरा दुई देशवीचको सम्बन्धको कुरा हो, यसबारेमा हामीले हचुवाको भरमा टिकाटिप्पणी गर्न मिल्दैन, वास्तविकता जे भएपनि कुटनीतिक स्तरबाटै यसको टुँगो लगाउनुपर्छ, हामीले जहाज लिईसकेका छौं, प्रयोगमा आईसकेका छन्, त्यसलाई अहिले आएर हामीले फिर्ता गर्छौं भन्न मिल्दैन, कमलसल छ भन्ने कुरामा छलफल गरेर सुधारक गरेर अघि बढ्न तयार छौं । ’ उनले छिमेकीहरुलाई चिढ्याएर नेपालको विकास हुन नसक्ने स्पष्ट पारे ।

उनले मन्त्रालयले केही समय अगाडि सचिवस्तरीय निर्णयबाट विदेशी खादालाई प्रयोगमा प्रतिवन्ध गर्ने निर्णय भएको भन्दै आफूले उक्त निर्णय सच्याउन निर्देशन दिएको र अहिले खादा प्रयोगमा आईसकेको दाबी गरे । उनले अघि थपे,‘ धार्मिक द्धन्द्ध निम्त्याउन म मन्त्री भएको होईन, यो समस्या अहिले सुल्झिसकेको छ ।’

विदेशी पर्यटकहरु नेपालको संस्कृति, कला, नदिनाला हेर्न आउने गरेको उल्लेख गर्दै यी सम्पदाहरुको संरक्षण एवम् प्रर्वद्धन गर्नु सबैको दायित्व भएको मन्त्री शाहीको भनाई थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष ऋषि धमलाले मन्त्री शाहीलाई बधाई तथा सफलताको शुभकामना दिए । उनले नेपालको पर्यटन विकासमा आमुल परिवर्तन गर्नेगरि योगदान पुर्याउनेगरि काम गर्न समेत सुझाव दिएका छन् ।