२०७७ कार्तिक ११, मंगलवार

भारतबाट आई मृत्यू भएका सुर्खेतका युवामा कोरोना ‘नेगेटिभ’

सुर्खेत, १४ जेठ ।
भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राती नै निधन भएको छ । उनको मृत्यू भएपछि कोरोनाबाट हो कि भन्ने आशंका गरिएपनि उनको स्वाव जाँच्दा रिर्पोट नेगेटिभ आएको प्रदेश अस्पताल कालागाउँका निर्देशक डा. डम्बर खड्काले लोकान्तरलाई जानकारी दिए । सुर्खेतको चिंगाड गाउँपालिका वडा नं. तीन टुले हाल वडा नं. पाँच अवलचिंग बस्दै आइरहेका २२ वर्षका वीरेन्द्र रोकायाको निधन मंगलबार राती भएको थियो । उनी हिजो मात्रै रुपइडियाबाट आएका थिए ।
‘हामीले मृतक रोकायाको स्वाव जाँच गर्न प्रयोगशालामा पठाएका थियौं ।’ डा. खड्काले भने, ‘उनको मृत्यू बाथरोगका कारणले भएको पुष्टि भएको छ । उनमा कोरोना संक्रमण भएको देखिएन ।’