२०७७ माघ ४, आईतवार

भड्कीलो तिज

cropped-cropped-logos-1.jpgसबै प्रकारका सस्कृतिभित्र केहि न केहि मौलीकता लुकेको छ । नेपाल सबै प्रकारका सस्कृतिको धनि देश हो । सबै प्रकारका सस्कृतिका सबै खाले अर्थ छन । यहि शन्दर्भमा तिज नजिकीदै छ । तर पछिल्ला हरेक वर्षका तीजमा मौलिकता हराएको गुनाशो बढ्दै गएको छ । भड्किलो र आधुनिक रुपमा तीज मनाउन थालिएपछि तीजको मर्म र भावना मेटिएको कतिपयको भनाई छ ।

परम्परागत मान्यता चेली र माइतीसंग भावनात्मक रुपमा जोडिएको तीज हो । तर यस्लाई अहिले भड्किलो रुपमा मनोरञ्जनका रुपमा लिन थाले पछि यसको महत्व र भावना र मौलिकतामा परिवर्तन भएको छ । दाईभाईले दिदीबहिनीलाई घरबाट माइतमा लिएर दर खुवाउने, चेली र माइतिका बीचमा सुख, दुःख साटासाट गर्ने, गीतबाटै पीरब्यथाहरु पोख्ने तीजको मौलिकता हो भने चेलीको सम्मान तीजको महत्व हो तर तीजको मौलिकता आधुनिकतासंगै हराएको छ ।

पछिल्लो हरेक वर्षहरुमा तीज अझ भड्किलो र खर्चिलो हुँदै गएको छ । सामान्य मान्छेले तीज मनाउन नसक्ने अवस्था आएको छ । सुर्खेतमा पनि अहिले पैसा उठाउने र मनोरञ्जनका नाममा महंगो लगाउने, होटेल, पाटी प्यालेसमा खाने, नाच्ने रमाउने, तीजका लागि महंगा होटेल नै बुक गर्ने प्रचलन बढेको छ ।

गाउँघर र छिमेकका दिदीबहिनीहरु जम्मा भएर रमाईलो गर्ने दुःख, सुख गर्ने तीजमा अहिले भने ठुला ठुला कार्यक्रम आयोजना गर्ने, ट्रयाकमा गीत गाउने, नाच्ने प्रचलन बढेको छ । सुर्खेतमा पनि पछिल्लो वर्षहरुमा तीजका नाममा थुप्रै खर्च गर्ने गरिएको देखिन्छ । हाम्रा हजार प्रकारका मौलिकता र मान्यता बोकेका सस्कृतिहरुलाई अहिले भड्कीलो बनाएर विगार्ने भन्दा पनि मौलिकतामै बचाएर लैजाने चुनौति थपिएको छ । यस्मा सबै क्षेत्रको चिन्ता र सस्कृति जोगाउने दायित्व बढेको छ ।