२०७७ कार्तिक ५, बुधबार

कोरोना संकटमा पनि प्रसुती सेवामा कुनै परिवर्तन भएको छैन्ः डाक्टर केसी

सुर्खेत । कोरोना संक्रमणको यो समयमा प्रसुती तथा नवजात शिशु सेवा सहज र स्वस्थ्य तरिकाबाट प्रवाह भइरहेको प्रदेश अस्पताल सुर्खेतका वालरोग विशेषज्ञ डाक्टर नबराज केसीले बताए । उनले यो समयमा पनि प्रशुती महिलाहरुलाई सेवा प्रवाहलाई पहिलेको भन्दा परिवर्तन नभएको उनले दावी गरे । नवजात शिशु मर्ने तथा मृत बच्चाजन्मने दर यो लकडाउनको समयमा त्यस्तो बढ्दो नभएको बताउँदै उनले गर्भवति हुने समयमा महिलालाई अस्पतालमा ढिला पुर्याएमा निसास्सीने समस्या हुने भएकाले शिशु मृत्युदर बढ्न सक्ने बताए ।
गतवर्ष भदौमा प्रदेश अस्पताल सुर्खेतमा गोल्डेन कम्यिुनिटी काठमाण्डौले सस्टेन् कार्यक्रम अन्तर्गत नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तरिय सुधारका लागी एचबीएस र रिफ्रेसर तालिम स्वास्थ्यकर्मिहरुका लागि संचालन भएको बताउँदै उनले नवजात शिशुहरुलाई बचाउन सहज भएको बताए । डाक्टर केसीले उक्त तालिमपश्चात आधारधुत ज्ञान, सिप सिकी नयाँ सामाग्रीहरु थ्प गरी स्वास्थ्य सेवा प्रकृतिको देनजस्तै सोची काम भइरहेको बताए ।
गोल्डेन कम्युनीटीले प्रदेश अस्पताल सुर्खेतलाई आमाको पेटमा रहेको बच्चाको अवस्था थाहा हुने मेसिन प्राप्त भएको प्रदेश अस्पतालका प्रसुती वार्डका इन्चार्ज कल्पना थापाले बताइन् । उनका अनुसार उक्त मेसिन आइसकेपछि धेरै सहज भएको र बच्चाको मृत्युदर पनि कम हुने सम्भावना रहेको छ । साथै बच्चा जन्मिसकेपछि उसको अवस्था जाँच्न प्रयोग हुने मेसिनले पनि प्रदेश अस्पताल सुर्खेतमा प्रसुती सेवाका लागि सहज भएको छ । प्रसुती वार्डमा काम गर्ने सबै स्वास्थ्यकर्मिहरुलाई दिइएको तालिमले पनि आफुहरुलाई सेवा दिन थप सहज भएको उनको दावी छ ।