२०७७ माघ ५, सोमबार

माओवादी केन्द्र विननपा २४ को भेला

maiost-logoसुर्खेत, भदौ १७ ।
नेकपा (माओवादी केन्द्र) वीरेन्द्रनगर नगरपालिका वडा नं. २४ को वडा भेला सम्पन्न भएको छ । विहीबार भएको भेला आयोजक कमिटी गठन गर्दै सम्पन्न भएको हो ।

भेलाले पर्सुराम कंडेलको संयोजकत्वमा १९ सदस्यीय वडा सम्मेलन आयोजक समिति गठन गरेको हो । आयोजक समितिको सहसंयोजकमा हर्कबहादुर रावत र इन्चार्जमा तुलबहादुर रावत रहेका छन् । भेलामा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य लोकेन्द्र राना, जिल्ला सम्मेलन आयोजक समिति सदस्य वीरबहादुर बुढा र माधव पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

भेलाले एक महिना भित्र वडा सम्मेलन सम्पन्न गर्नका लागि पार्टी सदस्य नविकरण गर्ने, संगठन सुदृढिकरण गर्ने निर्णय समेत गरेको छ ।
भेला पर्सुराम कंडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।