२०७७ कार्तिक ८, शनिबार

दैलेख क्वारेन्टाईनमा बसेका एक युवाको मृत्यू

सुर्खेत, १७ जेठ ।
दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाईनमा बसेका एक ३५ वर्षीया युवाको मृत्यू भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीका अनुसार उनको मृत्यू भएको हो । ‘सात गते उनी भारतबाट आएका थिए । भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखेका थियौं ।’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले भने, ‘विहान चिया र विस्कुट खानु भएको थियो । त्यहि ढल्नु भएको हो ।’ उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने भनिएको नगरप्रमुख भण्डारीले बताए ।