२०७७ माघ ८, बिहीबार

सुर्खेत प्रहरी प्रमुख विहिन

downloadसुर्खेत, भदौ १७ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत एक महिनादेखि प्रमुख विहिन भएको छ । एसपीको दरवन्दी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अहिले डिएसपीले निमित्त प्रमुख भएर काम गरिरहेका छन् ।

प्रमुख वीरेन्द्र श्रेष्ठ गत साउन १७ गते सरुवा भएर काठमाडौ गएपछि अहिलेसम्म नयाँ एसपी आउन सकेका छैनन । लामो समय प्रहरी प्रमुख नहँुदा जिल्लाको शान्ति सुरक्षा र अन्य काम कारवाहीमा केही समस्या परेको प्रहरीले जनाएको छ । निमित्त प्रहरी प्रमख डिएसपी बहादुरजङ्ग मल्लले अहिलेसम्म को एसपी आउने भनेर कुनै टुंगो नभएको वताए ।

उनले एसपीको दरवन्दी भएको जिल्लामा पक्कै पनि एसपी आउने तर कहिले र को आउने भन्ने कुरा एकिन नभएको बताए । एक महिनादेखि जिल्ला प्रहरी प्रमुख विहिन भएपनि सुर्खेतमा अहिलेसम्म कुनैले पनि नयाँ प्रहरी प्रमुख छिटटै ल्याउनु पर्छ भनेर आवाज उठाएको पाइदैन ।