२०७७ कार्तिक ६, बिहीबार

घर बसेकाले राहत पाए, भारतबाट आएकाले दुःख पाए

सुर्खेत, १९ जेठ ।
२०७६ साल चैत एघार गतेदेखि कोरोना महामारीबाट नेपालीलाईजोगाउन भन्दै सरकारले लकडाउनको घोषणा गरेर लागु ग¥यो । उक्त घोषणा पश्चात सुरुमा लकडाउनको अर्थ के हो, कसरी पालना गर्ने भन्नेमै सुरुको हपता नागरिकले विताए । दोश्रो हप्ताको बीचमा आइपुग्दा स्थानीय सरकारले लकडाउनका कारण नागरिक भोकै मर्ने दिन आए भन्दै हुनेखानेलाई भन्दा पनि हुँदा खानेहरुलाई राहत वितरण गर्न थाले । ‘सुर्खेत मात्रै होइन प्रदेश भरिका पालिकाले गहुबाली पाकिसकेको अवस्थामा हुदाँ खानेलाई भन्दा हुनेखानेलाई प्याकका प्याक चामल बाँडे । ज्याला मजदुरी गर्नेहरुलाई पाँच किलो चामल दिने काम पालिाले सुरु गरे ।’ वीरेन्द्रनगर ६ का पुर्ण अधिकारी भन्छन्, ‘त्यहि लहडमा प्रदेश सरकारले हरेक पालिकालाई लाखौं रुपैंया उपलब्ध गरायो । वीरेन्द्रनगरलाई तीस लाख, अन्य नगरपालिकालाई बीस लाख र गाउँपालिकालाई बीस लाखका दरले बजेट पठायो ।’ उक्त बजेटले न त कुनै संरचना बनेका छन्, न त कोरोना नियन्त्रण गर्न पालिकाहरु सक्षम नै भएका छन् ।


‘कोरानो नदेखिँदै त्यत्रो बजेट प्रदेश सरकारले त दियो नै, हरेक पालिकाले पचास लाख देखि तीन करोडसम्म चामल दाल खरिदमै खर्च गरेका छन् ।’ वीरेन्द्रनगरमा पत्रकारिता गरिरहेका पत्रकार दिपक बुढा भन्छन्, ‘कोरोना देखिएको अहिलेका अवस्थामा तै चुप र मैं चुपको अवस्था छ ।’ उक्त बजेटले क्वारेन्टाईन बनाएको भए अहिले गोठमा राख्नु पर्ने अवस्था नआउने उनको भनाई थियो ।
‘गाउँमा लाखौं बजेट प्रदेश सरकारको गएको थियो । पालिकाले करोडौं खर्च गरे राहतका नाउँमा ।’ उनले भने, ‘त्यो सबै बजेट स्वास्थ्य संस्थामा आइसोलेसन वार्ड, औषधी खरिदमा लगानी गर्न सकेको भए अहिले सरकारको आलोचना हुने थिएन । गाउँ गाउँ गएर भाषण गर्ने परिपाटी अन्त्य गरि कोरोना नियन्त्रणका लागि सरकारले आवश्यक पूर्व तयारी गर्नु आवश्यक थियो । सरकारसँग पर्याप्त समय हुँदा हुँदै पनि कर्णालीमा कोरोना देखिँदैन भन्दै हेल्चेक्र्याई गर्ने काम भयो । कर्णालीमा कोरोना फैलिनु यो एक मुख्य कारण पनि हो ।’ सामुदायिक बिधालयलाई पनि क्वारन्टाईनकाे रूपमा प्रयाेग गर्न सकिन्थ्याे तर गरिएन । प्रयाेग गरिएकाेमा प्रदेशले साेलार, पानी, शाैचालय, बेड, खानाकाे ब्यवस्थापन गर्नुपर्थ्याे । तर गरिएन प्रदेश सरकारकै असक्षमता हाे, उनले भने ।
जुम्लाका स्थानीय ललितजंग महतले सामाजिक सञ्जालमा सरकारको आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘कोरोना नफैलिदैं बजेट झ्वाम पारेछौ । अहिले कोरोना जुम्लामा देखिइसकेपछि क्वारेन्टाईन बनाउने पैसा छैन भन्दैछौ ।’ उनले कोरोना संक्रमण नआउँदै हतारमा बजेट सक्ने काम गलत भएको पुष्टि भएको बताए ।