२०७७ कार्तिक ९, आईतवार

सल्यानका काेराेना संक्रमित नागरिकको बरण्डामा बास, नागरिकले अब को सँग गर्ने आश ?

इन्द्र बुढाथोकी
सल्यान, १९ जेठ ।
पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित व्यक्ति रातभर विद्यालयको बरण्डामा बस्न बाध्य पारिएका छन् । संक्रमित २५ जना मध्ये १२ जनालाई सल्यान अस्पताल र १३ जनालाई सुर्खेत लिने भनिए पनि आइतबार सल्यान अस्पतालमा १२ जनालाई लगिएको छ भने बाकी १३ जनाले रातभर खुला चौर र विद्यालयको बरण्डामा रात विताएका हुन ।
‘हामी क्याम्पसको वरणडामा रातभर बसेका छौ बाहिर पानी परिरहेको छ चिसोले झनै समस्या भएको छ । हामिलाइ छिटै अस्पताल सम्म पु¥याउन पहल गरिदिनु प¥यो ।’ एक संक्रमितले भने, ‘अहिले साथीहरु सङ्ग नजिक हुन मिल्दैन त्यहि बाध्यताले बाहिर बसेका हौं ।’ रातभरि संक्रमितहरु बनगाड क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए ।
त्यस्तै प्रभाकर माबी क्वारेन्टाइन बसेका मध्य १५ जना रातभर त्रिपाल मुनि बसेका छन प्रभाकर माबिमा क्वारेन्टाइन कोठा नहुदा बाहिर फिल्डमा त्रीपाल टागेर बसेका छन । १३ गते स्वाब सङ्कलन गरेका ३ सय ९३ जनाको मध्य ९० जनाको रिपोर्ट आएको र त्यस मध्य २५ जना संक्रमित भएका छन । बिध्यालयको नजिकैको कृष्ण मन्दिरमा समेत बसिरहेका छ ।


जिल्लामा जेठ १७ गते भेटिएका कोरोना भाइरस संक्रमितलाई रुकुम पश्चिमको चौरजहारी कोरोना विषेश अस्पतालले लिन नमानेपछि गएराती नगरपालिकाकै एक विद्यालय भवनमा राखिएको थियो ।
चौरजहारी अस्पतालले लिन नमानेपछि सुर्खेत पठाउने तयारी गरिएका बनगाडका १३ जनालाई अहिले ६ नम्बर वडाको बनगाड क्याम्पसमा सुनौलीमा छुट्टै राखिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताए । जिल्लामा आवश्यक आइसोलेसन बेडको अभावमा बाँकी संक्रमित १३ जनलाई चौरजहारी कोरोना विषेश अस्पतालले राख्न नमानेपछि सुर्खेत पठाउने तयारी भइ रहेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख गोविन्द कुमार पुनले सबै विद्यालयमा नागरिकलाई राखिएको बताए । ‘अन्य सरकारी संरचना हामीसँग छैनन् । सबै विद्यालय भरिभराउ भएका छन् ।’ उनले भने, ‘खुला चौरमा राख्नु बाहेक हामीसँग विकल्प छैन । प्रदेश सरकारसँग पाल मागेपनि आश्वासन वाहेक अन्य केहि पाइएको छैन । एक सय पाल पाएको भए अवस्था केहि सहज हुने थियो ।’
बन्गाड कुपिण्डे नगरपालिकाका १८ वटा बिद्यालयमा गरेर अहिले १ हजार २ सय जना भन्दा बढी क्वारेन्टाइनमा रहेका छन् । बन्गाड क्याम्पस बन्गाड र प्रभाकर माद्यामिक बिद्यालय देबस्थलमा बसेका ३ सय ९३ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागी सुर्खेत पठाईएको थियो ।
ती मध्ये अहिले ९० जनाको रिपोर्ट आएको र बाँकी २ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँको भनाई छ । बन्गाड क्याम्पसमा रहेका २२ जना र देवस्थल क्वारेन्टाइनमा रहेका ३ जनामा संक्रमण पुष्टी भएको उनले बताए ।