२०७७ कार्तिक १३, बिहीबार

मुख्यमन्त्री शाही बाँकेको घटनाबाट स्तब्ध, मृतकप्रति श्रद्धाञ्जली

सुर्खेत, १९ जेठ ।
कोभिड–१९ को महामारीका विचमा ठुलो मानवीय क्षति हुनेगरी गएराती छिमेकी ५ नं. प्रदेश अन्तरगत वाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ मा भएको सडक दुर्घटनाप्रति कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाहीज्यूले गहिरो दुख व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहीका प्रेस सल्लाहका ध्रुववित्रम बुढाथोकीका अनुसार कोभिड–१९ ले निम्त्याएको समस्याका कारण भारतवाट उद्धार गरी घर फर्काउने क्रममा हुनगएको सडक दुर्घटनामा परि १२ जनाको दुखद निधन र २१ जना गम्भीर घाईते भएको घटनाले मुख्यमन्त्री स्तब्ध बनेका हुन ।
‘माननीय मुख्यमन्त्रीज्यूले उक्त दुर्घटनामा निधन हुनुभएका सवैप्रति भावपुर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका आफन्तजनहरुप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । अकल्पनीय र पिडादायी दुर्घटनाका कारण निधन तथा घाईते हुनुभएका अधिकाँश नागरिकहरु कर्णाली प्रदेशवासी रहेको र यसवाट सम्वन्धित घरपरिवारमा पर्नगएको दुखप्रति माननीय मुख्यमन्त्रीज्यूले गहिरो सहानुभुति प्रकट गर्नुभएको छ । साथै दुर्घटनामा परि घाईते हुनुभएका सवैको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।’ उनले भने, ‘माननीय मुख्यमन्त्रीज्यूले दुर्घटनामा घाईते हुनेहरुको भरपर्दो उपचार एवं मृतकहरुको शव घर सम्म पुरयाउने व्यवस्था मिलाउन पहल गरिएको भन्दै उपचारका लागि कुनै कमी हुन नदिईने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।’
दुर्घटनाको खवर पाउने वित्तिकै उद्धार, उपचार तथा सुचना संप्रेशनमा खटने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, संचारकर्मी, स्थानीय जनता तथा सरकारी अधिकारीहरुलाई मुख्यमन्त्री शाहीले धन्यवाद दिएको उनको भनाई छ ।